‘खाना खानु अघि दुई गिलास पानी पिउनुस् तौल घटाउनुस् !’

glass with health

एजेन्सी – मानिसहरुले तौल घटाउन व्यायम, औषधि र सर्जरीको समेत प्रयोग गर्ने गरेका छन् । तर कतिपयले चाहेर पनि यी काम गर्न सकिरहेका हुँदैनन् । जसले गर्दा अधिक तौलको समस्या झन् झन् बढी रहेको छ ।

तर भर्खरै एउटा अनुसन्धानले ती सबै समस्यालाई दूर गर्ने गरी तौल घटाउने नयाँ र सजिलो उपाय पत्ता लगाएको छ ।  ब्रिटिस बैज्ञानिकले पत्ता लगाएको यो नयाँ उपायमा मोटा मानिसलाई खाना खानु अघि दुई गिलास पानी खानु भनिएको छ ।

बरमिघम विश्वविद्यालयका ती बैज्ञानिकहरुले भनेका छन, खाना खानुभन्दा पहिले पानी पिउदा भोक कम लाग्छ जसका कारण खाना कम खाइन्छ । खाना कम खाएपछि तौल बढ्ने सम्भावना पनि कम हुन्छ ।

अनुसन्धानलाई उदृत गर्दै ती बैज्ञानिकहरुले भनेका छन तीन महिनासम्म यो तरिका अपनाउने व्यक्तिको चार देखि पाँच केजीसम्म तौल घट्ेको पाइयो ।

त्यसो त व्लर्ड ओवेसिटी फेडरेसनका अनुसार सन् २०२५ सम्ममा पाँच देखि १७ बर्ष उमेरका झण्डै २७ करोड बालबालिकाको तौल सामान्य भन्दा बढी हुनेछ । यी मध्ये करीब १० करोड बालबालिका मोटोपनाको सिकार हुनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *