डा. केसीको ‘लाइन’ बिरुद्ध देखिए त्रिविका प्राध्यापक र फ्याकल्टी डाक्टर

deen-office-copy

काठमाडौँ, ३० असोज – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा बरिष्ठताको आधारमा मात्रै डीन नियुक्त हुनुपर्ने माग राख्दै पटक पटक अनसन बसेका प्राडा गोविन्द केसीको लाइन विरुद्ध आइओएमका प्राध्यापक तथा फ्याकल्टी डाक्टर्स उभिएका छन् । आइतबार मास मिटिङ राखि उनीहरुले त्रिविको नियम अनुसार तत्काल डीन नियुक्ति गर्न त्रिवि पदाधिकारीलाई सुझाव दिएका छन् ।

‘डा केसीले बरिष्ठता भन्नु भएको छ । आजको मिटिङले त्रिवि नियमले डीन नियुक्त गर्न मिल्ने योग्यता पुगेका जो सुकैलाई गर्न सक्ने तर नियुक्तिका बेला बरिष्ठता, कार्यदक्षता, कार्यकुशलतालाई समेत हेर्न सुझाव दिएको छ । बरिष्ठताको परिभाषा स्पष्ट छ त्रिवि नियमले सहप्राध्यापक भएपछि त्यो बरिष्ठतम मानिन्छ,’ भेला आयोजक समितिका सदस्य एवं त्रिवि प्राध्यापक संघ चिकित्साशास्त्र अध्ययन संस्थान इकाई उपसभापति डा अभिमन्यु झाले भने ।

आइतबारको भेलामा प्राडा अरुण सायमी , प्राडा जीवन शेरचन, प्राडा शशी शर्मा, प्राडा भगवान कोइराला, प्राडा मोदनाथ मरहठ्ठा, प्राडा करबीरनाथ योगी, प्राडा सरोजप्रसाद ओझा, प्राडा रतिन्द्र श्रेष्ठ लगायतका एक दर्जन बढीले आफ्नो धारणा राखेका थिए ।

बोल्ने अधिकांश बक्ताले बरिष्ठताका आधारमा यसअघि नियुक्त भएका डीनहरुले राम्रोसंग काम गर्न नसकेकोले कार्यकुशलतालाई जोड दिनुपर्ने बताएका थिए । ‘काम गर्छु भन्नेलाई गर्न दिइएन, मैले काम गर्न सक्दिन भन्नेलाई जवरजस्ती गर्न लगाइयो’ भेलाका बक्ताहरुको धारणा उदृत गर्दै डा झाले भने, ‘अव चाँही त्यस्तो हुँदैन् । नियम अनुसार जो योग्य छ र काम गर्न सक्छु भन्छ उसलाई नियुक्ती गर्नुपर्छ । आजको निचोड यहि हो ।’

बोल्ने अधिकांशले डा केसीकै अनसनका कारण जबरजस्ती पद खोसिएका प्राडा शशी शर्मा, प्राडा धर्मकान्त बास्कोटा लगायतलाई अन्याय भएको समेत बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *