यी हुन् सरोगेसी र आइभिएफ पद्धतीबाट सन्तान जन्माउने सेलेब्रिटी

celen12

बलिउड तथा हलिउडमा यस्ता केही सेलेब्रिटी छन्, जसले सरोगेसी (भाडाको कोख) र आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) अर्थात् टेस्टट्युब प्रविधिमार्फत बच्चा जन्माएका छन् । तीबारे एजेन्सीको सहयोगमा तयार पारिएको सामग्रीः

 

 आमिर खानamir-khan
हालका खुबै चलेका बलिउड अभिनेता आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावमार्फत बच्चा जन्माउन सरोगेसीको सहारा लिए । यसबाट उनका छोरा आजादको जन्म भयो । त्यसो त आमिरकी पहिली पत्नीबाट एक छोरा र एक छोरी छन् ।

सारा जेसिका पार्करsara-jesika
हलिउड अभिनेत्री सारा जेसिका पार्करले पनि सन्तान जन्माउनका लागि सरोगेसीको मद्दत लिएकी छिन् । सन् २००९ मा यस प्रविधिमार्फत उनलाई जुम्ल्याहा छोरी प्राप्त भएका थिए । त्यसअघि उनका एक छोरा थिए ।

 

कोर्टनी कक्सkortni-koks
हलिउड अभिनेत्री कोर्टनी कक्सले पनि सन्तान जन्माउनका लागि आइभिएफ प्रविधिको सहारा लिएकी हुन् । यस प्रविधिबाट सन् २००४ मा छोरी भइन् ।

 

शाहरुख खानsaruk-khan
बलिउडका अर्का चर्चित अभिनेता शाहरुख खानका एक छोरा पनि सरोगेसी प्रविधिमार्फत पैदा भएका हुन् । शाहरुख खान अभिनीत चलचित्र ‘ह्याप्पी न्यु इयर’बाट चलचित्रमा देखा परिसकेका अबरामको यो प्रविधिमार्फत जन्म भएको हो । शाहरुखका आर्यन र सुहाना नामका
छोराछोरी पनि छन् ।

 

सेलिन डियोनcelen
चर्चित क्यानेडेली–अमेरिकी गायिका सेलिन डियोनका सबै सन्तान आइभिएफ प्रविधिमार्फत भएका हुन् । सन् २०११ मा पहिलो छोराको जन्म भएको थियो भने त्यसको केही वर्षपछि सोही प्रविधिबाट जुम्ल्याहा छोरा
भएका थिए ।-नयाँ पत्रिकाबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *