विन्स्टन चुरोटले पनि छाप्यो ९० प्रतिशत चित्र , सत्र महिनापछि कानूनको पालना

winston-churot

काठमाडौँ, २८ असोज – सूर्तिजन्य पदार्थको प्याकेटको कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमलुक चित्रअंकित स्वास्थ्य सन्देश हुनुपर्ने सरकारी नियमको विन्स्टन चुरोटले पनि लागू गरेको छ ।

गत असोज तेस्रो साता देखि नेपाली बजार देखिएका सो ब्राण्डका चुरोटमा सरकारले तोकको मापदण्ड अर्थात ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश राखिएको छ । यद्धपी यो चुरोटले पनि सरकारले तोकेको समय भन्दा झण्डै सत्र महिना ढिला सरकारी नियमको पालना गरेको हो ।

सरकारले १३ कात्तिक २०७१मा सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०६८ लाई संसोधन गरि तयार गरिएको निर्देशिका २०७१ अनुसार चित्रअंकित स्वास्थ्य सन्देश ७५ बाट बढाएर ९० प्रतिशत पुरयाएको थियो । र संसोधित सो निर्देशिका १ जेठ २०७२ बाट लागूहुने बताएको थियो । तर तोकिएको समयमा कुनैपनि चुरोटहरुले निर्देशिकाको पालना गरेनन् ।

विन्स्टन चुरोट त्यहि कम्पनीको चुरोट हो जसले ९० प्रतिशत चित्र छाप्नुपर्ने नियम विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको थियो । यो चुरोट उत्पादन गर्ने कम्पनी पर्फेक्ट व्लाण्डले सरकारी नियम विरुद्ध सर्बोच्चमा मुद्धा दायर गरेको थियो ।

लामोसमय पछि विदेशी चुरोट मार्लबोरो र क्यामेलले आफ्नो प्याकेटमा सरकारले तोेकेअनुसारको मापदण्ड लागू गरे भने तेस्रोपटक विन्स्टनले यो नियमको पालना गरेको छ । नेपाली बजारमा ९० प्रतिशत भन्दा बढी बजार ओगटेको सूर्य नेपाल ब्राण्डले भने अहिले पनि अटेरी गर्दै आएको छ ।

सूर्तिजन्य पदार्थको नियमन तथा अनुगमनमा पैरबी गर्दै आएको संस्था एक्सन नेपालले विन्स्टन चुरोटले मापदण्ड लागू गर्नु सकारात्मक भएको जनाएको छ । संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले विन्स्टन चुरोटले ढिलै भएपनि सरकारले तोके अनुसारको मापदण्डमा आफ्ना उत्पादन बजार पठाएको भन्दै अन्य मापदण्ड नमानेका चुरोट कम्पनीहरुलाई पनि सोही अनुसार गर्न आग्रह गरे ।

सरकारले सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न प्याकेटमा डरलाग्दा चित्र सहित चेतावनीमुलक स्वास्थ्य सन्देश छाप्न अनिवार्य गरेको छ । यसले चुरोटको खपतमा कमि आउने विश्वास गरिएको छ । नेपालमा अहिले पनि बर्षेनी १५ हजार बढीको मृत्यु सूर्तिजन्य पदार्थको सेवनको कारण हुने गरेको बताइदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *