मेडिकल काउन्सिलको आकस्मिक बैठक आज बस्दै

NMC!काठमाडौँ, २० असोज – नेपाल मेडिकल काउन्सिलको यसबर्षको पहिलो बैठक आज आकस्मिक रुपमा बस्दैछ । गत १७ असोजमा स्वास्थ्य मन्त्रालयले बैठक बस्न स्वीकृति दिएपछि आज बैठक बस्न लागेको हो ।

दिउसो एक बजे बस्ने बैठकको मुख्य एजेन्डा मेडिकल कलेजहरुले सुरु गरेको भर्ना प्रक्रियाको विषयमा हुने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयले र काठमाडौँ विश्वविद्यालयले एमबीबीएस र बीडीएसमा आफ्ना मेडिकल कलेजलाई सिट निर्धारण गरि भर्ना गर्न थालेपछि काउन्सिलको आकस्मिक बैठक बस्न लागेको हो ।

सिटको अन्तिम निर्णय गर्नुअघि काउन्सिलले मेडिकल कलेजको निरीक्षण गर्नेगर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *