मह खाँदा स्वास्थ्यमा यति धेरै फाइदा ?

honey

मह खाँदा जति मिठो हुन्छ, त्यो भन्दा बढी स्वास्थ्यका लागि फाइदा पनि गर्छ । रगत सफा राख्ने देखि लिएर रक्तचाप नियन्त्रण गर्नेसम्मको काम यसले गर्छ । कतिपय अवस्थामा एन्टीबायोटिकको काम समेत गर्छ ।अरु के के काम गर्छ हेरौँ:

महले रगतलाई फाइदा गर्छ : 

महको प्रयोगले शरीरलाई धेरै फाइदा गर्छ । महलाई उपयोग गर्ने तरिकाअनुसार फाइदा पनि फरक–फरक हुन सक्छ । यदि महलाई मनतातो पानीमा मिलाएर खाँदा रातो रक्तकोषलाई बढाउँछ ।

रातो रक्तकोषले शरीरका विभिन्न भागमा अक्सिजन पुर्‍याउन मद्दत गर्छ । यसका साथै रगतमा होमोग्लोबिनको मात्रा बढाउन पनि यसले सहयोग गर्छ । शरीरलाई थकान लगाउन दिँदैन । हामी बिरामी भयौँ भने हाम्रो शरीरमा अक्सिजन कुन मात्रामा पुगेको छ सोहीअनुसार नै ठीक हुन पनि समय लाग्छ ।

रक्तचापलाई ठीक मात्रामा राख्छ : 

नियमित मह सेवनले रक्तसञ्चार प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ । त्यसका साथै मानिसलाई फुर्तिलो र ऊर्जावान् पनि बनाउँछ । रगतमा अक्सिजनको कमीका कारणले मानिसलाई उच्च रक्तचाप वा कम रक्तचाप हुन जान्छ । रगतमा पोषणयुक्त भएन भने यस्तो समस्या बढ्छ ।

महले पोषणयुक्त रगत तयार गर्न मद्दत गर्छ :

कसैलाई किमोथेरापी दिइरहेको छ भने उसलाई मह खुवाउनु राम्रो हुन्छ । किमोथेरापी गरिरहेको बिरामीलाई सेतो रक्तकोष कम हुने समस्या हुन्छ । महले रातो रक्तकोषका साथै सेता रक्तकोष(यब्लुबिसी) पनि तयार गर्न मद्दत गर्छ । यस्तो थेरापी दिइरहेको बिरामीलाई दिनको दुई चम्चा खुवाएमा राम्रो हुन्छ ।

चिनीभन्दा कम नोक्सान पुर्‍याउँछ  :

धेरै चिनी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, महमा साधारण किसिमको गुलियोपना रहेका कारण चिनीभन्दा बिलकुल फरक हुन्छ । महमा स्टार्ची फाइबर डेक्सट्रिन हुने हुँदा रक्त सञ्चालन सन्तुलित राख्छ ।

महले एन्टिबायोटिकको काम गर्छ :

महले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । जसका कारण कतिपय रोगका विरुद्धमा एन्टिबायोटिकको काम गर्छ । रुघाखोकी लागेका बिरामीलाई पनि मह उपयोगी औषधिका रूपमा प्रयोग गरिन्छ । यसले रोगप्रतिरोधी क्षमता बढाई रुघाखोकी लगाउने भाइरसलाई परास्त गर्छ ।

तर एक वर्षभन्दा कमका बालबालिकालाई मह खुवाउनु उचित हुँदैन । किनकि यसमा बोटुलिज्म ब्याक्टेरियाको जीवाणु हुन सक्छ । जसले शिशुलाई बिरामी बनाउन सक्छ । यो जीवाणु धुलो र माटोमा पाइन्छ, जुन महमा पनि टाँसिन सक्छ । एक वर्षमुनिको बच्चामा ब्याक्टेरियाको संक्रमणसँग जुध्न सक्ने अवस्था भइसकेको हुँदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *