को बन्छ डीन ? अग्रवाल, सिन्हा र योगीको प्रतिस्पर्धामा थपिइन सायमी पनि

deen-office-copy

काठमाडौँ , २० असोज – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको रिक्त डीन पदका लागि प्राडा जगदीश अग्रवाल, निमित्त डिन प्राडा विमल कुमार सिन्हा र प्राडा करबीरनाथ योगीबीच त्रिपक्षीय प्रतिस्पर्धामा थपिएकी छन् प्राडा गीता सायमी । पूर्वडीन प्राडा प्रकाश सायमीकी श्रीमती र पूर्वडीन अरुण सायमीकी भाउज्यू ।

प्राध्यापकमा बढुवा भएको आधारलाई बरिष्ठता मान्ने हो भने उनी प्राडा विमलकुमार सिन्हा पछि अर्थात पाँचौ नम्बरमा छिन् । अहिले पनि पहिलो नम्बरमा उनकै देवर अर्थात प्राडा अरुण सायमी र दोस्रो नम्बरमा प्राडा जगदीश प्रसाद अग्रवाल छन् । तेस्रो नम्बरमा उनकै श्रीमान् प्राडा प्रकाश सायमी छन् । चौथो नम्बरमा अहिलेका निमित्त डीन प्राडा विमल कुमार सिन्हा छन भने पाँचौँ नम्बरमा उनी आफू ।

आइओएम स्रोतका अनुसार अहिलेसम्म खासै चर्चा नआएकी प्याथोलोजी विषयकी प्राडा गीतालाई डीन बनाउन देवर अरुण सायमी लागि परेका छन् । सकेसम्म आफै डीन हुने र नसके भाउज्यूलाई बनाउने योजनामा सायमी लागिपरेको बताइन्छ ।

डा केसीकै अनसनबाट अघिल्लो पटक डीन बनेका दाजु प्राडा प्रकाश सायमी डीन नबन्ने मनस्थितिमा रहेको र डा केसीको विरोधको कारण आफूलाई डीन बन्न गाह्रो पर्ने देखेपछि प्राडा अरुणले तेस्रो विकल्पको रुपमा भाउज्यूलाई अघि सारेको प्राध्यापक स्रोत बताउछ । त्यसको लागि प्रधानमन्त्री, शिक्षामन्त्री तथा उपकुलपति कार्यलयमा समेत लविङ भइरहेको स्रोतले बतायो ।

मध्यमार्गीको प्रस्तावमा दाउ मार्ने
अनसनरत डा केसीले प्राडा अग्रवाल र डा सिन्हालाई बोक्ने तथा कांग्रेस पार्टी र निकट प्राध्यापकहरुले प्राडा करबिरनाथ योगीलाई उम्मेदवारको रुपमा अघि सारेपछि प्राडा अरुणले भाउज्यूलाई अघि सारेका हुन् ।

अग्रवाल र सिन्हालाई योगी समूहले र योगी समूहलाई केसी समूहले नमान्ने भएपछि मिलनविन्दुको रुपमा गीता सायमी डीन हुनसक्ने योजना अनुरुप लविङ थालिएको छ । हुनपनि अहिले अग्रवाललाई बनाउँदा कांग्रेस रिसाउने र योगीलाई बनाउन केसी रिसाउने अवस्था सिर्जना भएको छ ।

अर्का दावेदार भनिएका डा सिन्हा केयु सिटकाण्डले लगभग थन्किने अवस्थामा पुगेका छन् । सोही अवस्थाको फाइदा उठाउँदै डा सायमीले भाउज्यूलाई उममेदवार बनाउन लागेका हुन् ।

अनसनरत केसीको प्राडा प्रकाश सायमी र गीतासंग राम्रो सम्वन्ध भएकोले दुईपक्षीय विवादका बीच अनसन तोडाउन सायमीलाई अघि सारिएको बताइन्छ । यद्धपी गीता आफैको रुची हो कि होइन भन्ने अझै बाहिर आएको छैन् ।

कांग्रेस एमाले र माओवादी निकट प्राध्यापकहरुको समर्थन योगीलाई

यता डा केसीले जसलाई भन्यो उसैलाई डीन बनाउन लागियो भन्दै आइओएमका केही प्राध्यापकहरुले डीनको कार्यकक्षमा ताला लगाएका छन् । हस्ताक्षर गरेर उपकुलपतिलाई सुझाव दिएका छन , उनीहरुको समर्थन भने प्राडा करबीरनाथ योगीलाई रहेको छ ।

प्राडा अग्रवाल र सिन्हालाई डा केसीले सिफारिस गरेको भन्दै उनीहरुलाई डीन हुनबाट जसरी पनि रोक्न योगीलाई अघि सारेको बताइएको छ । हो अहिले कांग्रेस एमाले माओवादी निकट सबै प्राध्यापकहरु योगीलाई डिन बनाउनुपर्छ भन्नेमा एकठाउँमा छन् । ‘केसीले जे भन्यो त्यहि हुने अवस्थाको अन्त्य गर्न यस्तो गर्न लागिएको हो,’ एक प्राध्यापकले भने ।

अग्रवाललाई डीन बनाउन प्रचण्डको मौखिक निर्देशन
डा केसीको अनसन तोडाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा जगदीश अग्रवाललाई डीन बनाउन त्रिवि उपकुलपति कार्यालयलाई निर्देशन दिएका छन् । तर त्रिविले सर्वोच्चमा मुद्धा चलेको व्यक्तिलाई डीन बनाउन मिल्छ कि मिल्दैन भन्दै राय माग्दै हिनेको छ ।

गत शुक्रबार महान्यायधीवक्ता कार्यलयमा पत्र पठाई जवाफ मागेको त्रिविले स्वयत्त निकायमा हामीले बोल्न मिल्दैन भन्ने आसयको जवाफ पाएपछि त्रिविले पुन शिक्षामन्त्रालयसंग राय मागेको छ । यद्धपी त्यसको जवाफ आइसकेको छैन् ।

प्राडा शशि शर्माको आपत्ती
केसीकै अनसनका कारण अढाईबर्ष अघि खिलराज रेग्मी नेतृत्वको सरकारबाट जवरजस्ती निकालिएका डीन शशी शर्माले सो निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।

सर्वोच्चले उनको मुद्धालाई अग्राधिकारमा राखेको छ तर अहिलेसम्म सुनुवाई गरेको छैन । प्राडा शर्माले आफ्नो मुद्धाको टुंगो लागेपछि मात्रै डीन नियुक्ति गर्न उपकुलपतिलाई पत्र पठाएका छन् । उनले डिन पदका लागि मुद्धा चलिरहेको छ यसको टुंगो नलागि नयाँ डीन नियुक्ति गर्न मिल्दैन् । डा शर्माको तर्क छ ।

डीन पदका लागि अब आफ्नो दावेदारी नभएको भन्दै अन्याय विरुद्ध लडेको मात्रै बताए । ‘मैले मुद्धा जितेपनि राजिनामा गर्ने हो । किनकी मसंग पहिले जस्तो काम गर्ने समय पनि छैन र जोश पनि छैन् । तर मेरो मुद्धालाई एकातिर झुलाएर राख्ने र अर्कोतिर डीन खोज्दै हिड्ने यो न्यायसंगत होइन,’ शर्माले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *