तीनवटा कम्पनीको गुणस्तरहीन औषधि नेपाली बजारमा, विभागद्धारा फिर्ता गर्न निर्देशन

bivag

काठमाडौँ, १७ असोज – दुई भारतीय तथा एक नेपाली गरी तीनवटा उद्योगबाट उत्पादित गुणस्तरहीन औषधि तथा सुई बिक्री बितरणको लागि बजार पठाइएको पाइएको छ ।

औषधि व्यवस्था विभागले गरेको नमूना परीक्षणमा गुणस्तरहीन पाइएपछि विक्री वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (रिकल ) गर्न सम्वन्धीत उद्योग तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

बजारमा पुगीसकेको गुणस्तरहीन औषधिहरुमा नेपाली कम्पनी लोमस फर्मास्यिुटिकल्स प्रालिले उत्पादन गरेको (व्याच नं CRR-0215)को एन्टीबायोटिक क्युरेसिप ५०० नामको सिप्रोफ्लोक्सासिन ५०० एमजी, भारतीय कम्पनी डा. रेड्डीज ल्याबोरेटेरिज प्रालिको राजो-२० नामको राविप्राजोल सोडियम ट्याबलेट (व्याच नं E500735) र  अर्को भारतीय कम्पनी थेमिस मेडिकियर लिमिटेड गुजरातले उत्पादन गरेको भोभेवर इन्जेक्सन १ एमएल ( डाइक्लोफेनाक सोडियम आइपी ७५ ग्राम)को हालसम्म आयात गरिएका सबै ब्याचहरु छन् ।

विभागले ग्यास्टिकमा प्रयोग हुने राजो २० ( रेबिप्राजोल सोडियम ट्यावलेट आइपी) र टाइफाइड जस्तो रोगमा प्रयोग हुने एन्टीबायोटिक क्युरेसिप ५०० ( सिप्रोफ्लोक्सासिन ५०० एमजी) ट्यावलेटमा खाइसकेपछि शरीरमा घुलेर सोस्ने प्रक्रिया मापदण्ड अनुसार नपुगेको बताएको छ । त्यस्तै अप्रेसन पछिको कडा दुखाईमा प्रयोग हुने सुई भोबेरन इन्जेक्सनमा प्रयोग भएको भनिएको सहायक पदार्थ ट्रान्सुटोलप सुईजन्य औषधिको बनावटमा प्रयोग गर्न नमिल्ने भएको बताएको छ ।

विभागले सोमबार जारी गरेको सूचनामा सबै औषधिहरु बजारबाट उठाउन र खरीद गरेका विरामीलाई समेत ती औषधिहरु प्रयोग नगर्न निर्देशन दिएको छ । तर लामो समय देखि बजार पुगेका ती औषधिहरु विरामीले प्रयोग गरिसक्ने विभागकै कर्मचारीहरु बताउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *