भरतपुर अस्पतालमा इआरसिपी प्रविधिद्वारा उपचार सुरू

bharatpur-hospital

चितवन, १४ असोज –  भरतपुर अस्पतालमा आजदेखि बिनाशल्यक्रिया पित्त नलीमा रहेको पत्थरीको उपचार इआरसिपी प्रविधिद्वारा गर्न थालिएको छ ।

राजधानी बाहिर धुलिखेल बाहेक यहाँको भरतपुर अस्पतालमा सो सेवा सुरु भएको हो । सो प्रविधिद्वारा पित्तनलीमा रहेको ढुङ्गा निकाल्ने, जाँच गर्ने, पत्थरीको ट्युमर परजीवी हेर्ने र नली साँघुरो भए जाँच गरी स्ट्यान्ड राख्ने काम गरिने अस्पतालका सर्जन डा. श्याम श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा आज सो सेवाको शुभारम्भ गरिएको हो । धुलिखेल अस्पतालका वरिष्ठ चिकित्सकद्वय राम गुरुङ र विवेक पूर्वे तथा भरतपुर अस्पतालका सर्जन डा आषिश पुनले शल्यक्रिया कक्षमा गरेको बिरामीको उपचार प्रत्यक्ष भिडियो मार्फत सभाकक्षमा देखाइएको थियो ।

सभाकक्षमा रहनुभएका क्यान्सर अस्पतालका वरिष्ठ सर्जन डा.विनय ठाकुर र भरतपुर अस्पतालका डा.सुरेश प्रधानले उपचाररत चिकित्सकसँग संवाद गरेका थिए । आज दुई बिरामीको पित्तनलीमा रहेको पत्थरी मुखबाट पाइप राखेर निकालिएको थियो । भरतपुर अस्पतालले रु ४२ लाखको लागतमा सो उपकरण भित्र्याएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *