गणित बिज्ञान ट्रष्ट नेपालद्धारा अल्का अस्पतालका अध्यक्ष थापा सम्मानित

alka
काठमाडौँ,१३ असोज – गणित बिज्ञान ट्रष्ट नेपालले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई सम्मान गरेको छ ।

स्वास्थ्य क्षेत्रकातर्फबाट सामाजिक सेवामा पु¥याएको योगदान स्वरुप ट्रष्टले अध्यक्ष थापाल सम्मान गरेको हो ।

राजधानीमा बिहिबार आयोजित कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रधानमन्त्रीबाट सम्मान ग्रहण गर्दै अस्पतालका अध्यक्ष थापाले ट्रष्टले गरेको सम्मानबाट स्वास्थ्य सेवा मार्फत सामाजिक क्षेत्रमा आफुलाई अझै बढी काम गर्ने हौसला मिलेको बताए ।

कार्यक्रममा गणित र बिज्ञान बिषयमा तीन दशकदेखी अध्यापन गरेर योगदान पु¥याउने १० जना गुरुलाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष थापाले मुलुकको प्राज्ञिक क्षेत्रमा गुरुहरुले पु¥याएको योगदानको कदर स्वरुप अल्का अस्पताल मार्फत प्रदान गरिने सेवामा ३० प्रतिशत छुट दिने घोषणा गरे ।

अध्यक्ष थापाले गणित बिज्ञानको क्षेत्रमा काम गर्दै आएको उक्त ट्रष्टलाई ५० हजार रुपैया समेत सहयोग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *