आइओएमको डिन कार्यालयमा प्राध्यापकहरुको ताला

iom-office-TU
काठमाडौँ, १३ असोज – त्रिवि कानुन बिपरित डिन नियुक्त गर्न लागिएको भन्दै आइओएमका प्राध्यापकहरुले महाराजगञ्ज स्थित डिनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

केही दिन अघि मात्रै उनीहरुले त्रिवि उपकुलपतिलाई पत्र पठाउँदै सबैलाई मान्य हुने सक्षम कार्यकुशलताको आधारमा डिन बनाउन सुझाव दिएका थिए ।तर डा. गोबिन्द केसीको अनशनपछि  त्रिविले उनकै सिफारिसका व्यक्तिलाई डिन बनाउने कसरतमा लागेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

स्रोतका अनुसार डा केसीले बरिष्ठताको आधारमा भन्दै प्राडा जगदीश अग्रवाल बाहेक अन्य व्यक्तिमा आफ्नो समर्थन नहुने बताएका छन् । डिनका आकक्षी देखिएका डा करबीर नाथ योगी डा दिनेश विनोद पोखरेल लगायतका व्यक्तिहरु उनको यो अडानपछि रुष्ट बनेका छन् ।

उता डा केसीकै अनसनबाट आफूलाई गैरकानूनी रुपमा हटाइएको भन्दै दुई बर्ष अघि सर्वोच्चमा रिट दायर गरेका डा शशी शर्माले आफूलाई पुर्नस्थापित गर्नुपर्ने बताउदै आएका छन् । तर सर्बोच्चले उनको मुद्धा अग्राधिकारमा राखेपनि अहिलेसम्म हेरेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “आइओएमको डिन कार्यालयमा प्राध्यापकहरुको ताला

  1. हर्षमान बुढा, रोल्पा हाल- महाराजगन्ज, काठमाडौँ। says:

    चिकित्सा-शास्त्र अध्ययन संस्थानको डीन नियुक्ति सम्बन्धी समाचार पढ्दा प्रा. डा. गोविन्द के. सी.को आन्दोलनले चाहेको, डीन हुन योग्य एक मात्र वरिष्ठ प्राध्यापक डा. जगदीश अग्रवाल भन्ने बुझियो। ब्यापारिक घरानाका डा. अग्रवालको अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका अनन्य भक्त हुन् भन्ने यथार्थ छुट्न जाँदा समाचारले पूर्णता पाएन। उहाँको फेसबुक पेजहरुमा पाँचवटा स्टाटसमा प्रमुख आयुक्त कार्कीको अतिसय प्रशंसा गर्नु भएको छ/ देवदह मेडिकल कलेज निरीक्षणको बिषयमा नेपाल मेडिकल काउन्सिलका आठ जना सदस्यहरुलाई अख्तियारले झुटा मुद्दा लगाई एक वर्ष भन्दा बढी काउन्सिल लाई निकम्मा बनाउने काममा समेत कार्कीलाई डा. अग्रवालले गरेको सहयोग जगजाहेर छ/ चिकित्सा शिक्षा आयोग ऐन बनाउने क्रममा समेत नेपाल मेडिकल काउन्सिलको सम्पूर्ण कार्यक्षेत्र आयोग अन्तर्गत ल्याई सो आयोगको सदस्य आफू लगायतका मुट्ठीभर व्यक्ति मात्र बन्न सक्ने प्रावधान राख्नमा डा. अग्रवालको भूमिका चिकित्सकर्मीहरुमा चर्चाको विषय छ।

    अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महा-अभियोगको माग राखी आमरण अनसन बस्नु भएका प्रा. डा. गोविन्द के. सी. उनकै भक्तलाई पद दिलाउने कुरामा पक्कै पनि सहमत हुनुहुन्न र त्यो उहाँको आशय अथवा नियत हो भन्ने कुरा विश्वास गर्न सकिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *