‘दैनिक ६० जना सुत्केरी हुन्छन्, २० जनाले गर्भपतन गर्छन’

garvapatan

काठमाडौँ, १२ असोज – थापाथलिस्थित परोपकारप्रसुतिगृह अस्पतालमा दैनिक औषत ६० जना सुत्केरी हुन्छन् तर सोही अस्पतालमा दैनिक १५ देखि २० जनाले सुरक्षीत गर्भपतन गराउछन् ।

गर्भपतनलाई कानूनी मान्यता दिएको १४ बर्ष पुगेको पूर्वसध्यामा आयोजित कार्यक्रममा प्रसूतिगृह अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सो तथ्यांक दिएका हुन् । उनले अघिल्ला बर्षहरुका तुलनामा गर्भपतन गराउनेको संख्या घटदै गएको दावी गरे ।

पहिले दैनिक २५ देखी ३० वटासम् मगर्भपतन हुन्थ्यो तर तर अहिले त्यो संख्या निकै घटेको छ । डा गौतमले भने र पनि १५ देखि २० वटासम्म हुने गरेको छ । उनले सबैभन्दा बढी गर्भपतन हुने केन्द्र समेत प्रसूतिगृह रहेको बताए । त्यसो त प्रसूतिगृहको गतवर्षको सुरक्षीत गर्भपतन सेवा सर्जिकल अर्थात मेसिनद्धारा गरिने १ हजार ८४९ र मेडिकल अर्थात औषधिद्धारा गर्नेको संख्या ८४७ मात्रै रहेको छ ।

उनले कतिपयले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा समेत प्रयोग गर्ने भनेको सुनिएको भन्दै त्यस्तो गर्न नहुने बताए । ‘यो नगरि नहुने अवस्थामा अर्थात आमा र बच्चाको ज्यान जाने अवस्था भयो भने, अनिच्छाले गर्भ रहयो भने वा त्यस्तै घटना भयो भने मात्रै गर्नुपर्ने हुन्छ । अन्यथा गर्भपतन गर्न हुँदैन्,’ उनले भने ।

कार्यक्रममा बोल्दै गर्भपतनको बारेमा पैरबी गर्दै आएको संस्था कृपाका बरिष्ठ पैरबी अधिकृत प्रभाकर श्रेष्ठले नेपालमा सुरक्षीत गर्भपतन सेवाले कानूनी मान्यता पाएपछि धेरै मातृमृत्युदर घटेको दावी गरे ।

उनले संसारमा हरेक बर्ष २० करोड ८० लाख मानिस गर्भवती हुने त्यसमध्ये ८ करोड ५० लाख अनिश्चाले गर्भवती बन्ने र ४ करोड ६० लाखले गर्भपतन गराउने बताए । नेपालमा बार्षिक ८० हजारले सुरक्षीत गर्भपतन सेवा लिएको तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले यसबाट धेरै हदसम्म मातृमृत्युदर घटेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *