सिकलसेल एनिमिया र थालासिमिया रोगको प्रयोगशाला परीक्षण सुरु

 

काठमाडौँ, ११ असोज –  अब नेपालमै सिकलसेल एनिमिया र थालासिमिया रोगको प्रयोगशाला परीक्षण सुरु भएको छ ।

नेपालको राष्ट्रियस्तरको केन्द्रीय प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो रोगको परीक्षण सुरु गरेको हो ।

आफ्नो सेवालाई विस्तार गर्ने क्रममा प्रयोगशालाले रगतमा पाइने हेमोग्लोबिनको खराबीले हुने रोग सिकलसेल तथा थालासिमिया रोगको हेमोग्लोबिन क्यापिलरी इलेक्टोफोरेसिस परीक्षण सुरु गरेको हो । यो परीक्षण उच्च प्रविधिकयुक्त भएको र परीक्षणका लागि करिब तीनदेखि चार मिलिलिटर रगत आवश्यक पर्ने प्रयोगशालाले जनाएको छ ।

यो परीक्षणवाट बिरामीको रगतमा भएको हेमोग्लोबिनको प्रकार र सम्बन्धित मात्रा थाहा पाउन सकिने भएकाले रोग कुन अवस्थामा छ भन्ने थाहा पाउन सकिने प्रयोगशालाका निर्देशक डा गीता शाक्यले बताइन् । यो परीक्षण सुरु भएसँगै अब महङ्गो शूल्क तिरी छिमेकी मुलुक धाउनुपर्ने नेपालीको बाध्यता हटेको छ उनले भनिन् ।

यस्तै, सरकारी अस्पतालको बहिरङ्ग सेवा ९ओपिडी० १० देखि पाँच बजेसम्मै खुला हुने भएको छ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय निर्देशनालय लगायतका निकायमा पाँच बजेसम्म ओपिडी सेवा दिन आइतबार नै निर्देशनपत्र पठाइसकेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधनमा ओपिडी सेवा पाँच बजे सम्म सञ्चालन गर्ने घोषणा गरेसँगै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *