आयुर्वेद औषधालयमा औषधिको अभाव

aaurbad

रुपन्देही, २ असोज –  यस क्षेत्रको सबैभन्दा पुरानो लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा पर्याप्त औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।

आयुर्वेद औषधालयमा आउने बिरामीले सेवा र औषधि निःशुल्क पाउने हुँदा अभाव भएको औषधालय प्रशासनले जनाएको छ । पेट, बाथरोग र महिलाका रोग भएका बिरामीको चापका कारण पर्याप्त औषधि नहँुदा औषधालयमा औषधि अभाव भएको हो ।

पछिल्लो समय बिरामीको चाप बढ्दै जानु तर औषधि पर्याप्त नहुनाले अस्पतालको सेवामा प्रभाव परेको लुम्बिनी अञ्चल आयुर्वेद औषधालयका आयुर्वेद निरीक्षक चेतनाथ आचार्यले बताए।

बेलाबखतमा स्तरवृद्धिको कुरा उठे पनि अहिले औषधालयमा आउने बिरामीलाई सेवासमेत पर्याप्त दिन नसकिएको उहाँको भनाइ छ । अन्यत्र औषधि उपचार गरी थकित भएका बिरामी औषधालयमा आउने गरेको र परीक्षणका क्रममा केही जाँच गर्नुपर्ने भएमा बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *