नेपालमा १० लाख मानिस अल्छि ?

lezy-person

काठमाडौँ, २ असोज – प्रतिहप्ता ६०० मेटा मिनेट भन्दा कम शारीरिक परिश्रम गर्ने अवस्थालाई शारीरिक रुपमा निस्कृय अर्थात अल्छि रहेको मानिएको छ ।

नेपालमा ३.५ प्रतिशत अर्थात ९ लाख ३१ हजार बढी मानिसहरु तोकिएको मापदण्डमा शारीरिक परिश्रम नगरेको अर्थात अल्छि रहेको स्टेप्स सर्वेक्षण २०१३ ले देखाएको छ ।

शारीरिक सक्रियताको दृष्टिकोणले यो तथ्यांकलार्य राम्रै मानिन्छ तर पनि ग्रामिण क्षेत्रका बासिन्दाको तुलनामा शहरी क्षेत्रका मानिसहरु बढी निस्कृय भएको पाइएको छ । यसले मोटोपना तथा अधिक तौलको समस्या सिर्जना गरि विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।

मोटोपना र अधिक तौल

सर्वेक्षणले १७.७ प्रतिशत अर्थात ४७ लाख मानिसहरुमा बढी तौल र ४ प्रतिशत मानिसहरुमा १० लाख ६४ हजार मानिसहरुमा मोटोपनाको समस्या देखिएको पाइएको छ ।

यसका कारणले धेरै मानिसहरुमा नसर्ने रोगको पूर्वअवस्थामा हुने मेटाबोलिक परिवर्तन भईरहेको , एक चौथाईमानिसहरुमा उच्चरक्तचापको समस्या भई औषधिको सेवन गरेको २२ .७ प्रतिशतमा कोलेस्टेरोलको समस्या भएको पाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *