नेपालमा १० लाख मानिस अल्छि ?
काठमाडौँ, २ असोज – प्रतिहप्ता ६०० मेटा मिनेट भन्दा कम शारीरिक परिश्रम गर्ने अवस्थालाई शारीरिक रुपमा निस्कृय अर्थात अल्छि रहेको मानिएको छ ।
नेपालमा ३.५ प्रतिशत अर्थात ९ लाख ३१ हजार बढी मानिसहरु तोकिएको मापदण्डमा शारीरिक परिश्रम नगरेको अर्थात अल्छि रहेको स्टेप्स सर्वेक्षण २०१३ ले देखाएको छ ।
शारीरिक सक्रियताको दृष्टिकोणले यो तथ्यांकलार्य राम्रै मानिन्छ तर पनि ग्रामिण क्षेत्रका बासिन्दाको तुलनामा शहरी क्षेत्रका मानिसहरु बढी निस्कृय भएको पाइएको छ । यसले मोटोपना तथा अधिक तौलको समस्या सिर्जना गरि विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।
मोटोपना र अधिक तौल
सर्वेक्षणले १७.७ प्रतिशत अर्थात ४७ लाख मानिसहरुमा बढी तौल र ४ प्रतिशत मानिसहरुमा १० लाख ६४ हजार मानिसहरुमा मोटोपनाको समस्या देखिएको पाइएको छ ।
यसका कारणले धेरै मानिसहरुमा नसर्ने रोगको पूर्वअवस्थामा हुने मेटाबोलिक परिवर्तन भईरहेको , एक चौथाईमानिसहरुमा उच्चरक्तचापको समस्या भई औषधिको सेवन गरेको २२ .७ प्रतिशतमा कोलेस्टेरोलको समस्या भएको पाइएको थियो ।
सम्पर्क इमेल : [email protected]