क्यान्सर पीडित गन्धर्वलाई उपचारमा समस्या

सन्धिखर्क, १ भदौ –  सन्धिखर्क–१३, अर्घा, धरमपानीका क्यान्सरपीडित प्रकाश गन्धर्वलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या उत्पन्न भएको छ ।

सारङ्गी बजाएर गुजारा गर्ने गन्धर्वको परिवारमा गरिबीका कारणले उपचार गर्न समस्या भएको हो । ट्युमर बढ्दै गएपछि दुखाई पनि निकै बढेको उनले बताए। दुखाइले निकै गाह्रो भएको छ, उनले भने, “उपचार गर्न पाइने भएपछि निको हुने आशा जागेको छ ।” समयमै उपचार नहुँदा धेरै पीडा खप्नु परेको छ । उपचारका लागि थप आर्थिक सहयोग आवश्यकता पर्ने भएकोले उनले आर्थिक सहयोगको याचना गरेका छन् ।

“राम्रोसँग उपचार गर्न पाए बाँच्ने थिएँ”– उनले भने, “थोरैथोरै भएपनि सबैले सहयोग गरे उपचार गराउन पाउने थिएँ ।” उनकी आमा कमलाले आर्थिक अभावका कारण लामो समयसम्म उपचार गराउन नसकिएको बताइन्। “उपचार गराउने इच्छा हुँदाहुँदै पनि लामो समयसम्म घरमै राख्नुप¥यो”– उनले भनिन्।

प्रकाश धन कमाई परिवारलाई सुख दिने अभिलाषाका साथ कतार गएका थिए। कतारमै रोगले समातेपछि उनी छिट्टै घर फर्कनुप¥यो । घर आएपछि पनि लामो समयसम्म पीडासँग जुधेर उनी बसेका छन्।

सारङ्गी बजाएर अरुले दिएको अन्न तथा पैसाले परिवार पालेका उनको बुबाको दुई वर्षअघि प्यारालाइसिसका कारण निधन भएको थियो । कमाउने छोरालाई क्यान्सर भएपछि उनको परिवार बिचल्लीमा परेको छ । घरमा दुइ छोरी छन् । गरिबीका कारणले उनीहरुले विभिन्न समस्या झेल्दै आएका छन् । एघार वर्षीया कान्छी छोरी सीता कक्षा ५ मा पढ्छिन् भने १६ वर्षीया साइली छोरी सीमा घरकै कामले गर्दा पढाइबाट बञ्चित छिन् ।

आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएका उनको सहयोगमा इजरायलमा रोजगारी गर्ने अर्घाका युवाले आर्थिक सहयोग सङ्कलनमा जुटेका छन् । इजरायलमा रहेका अर्घाका कमलप्रसाद भुसालको पहलमा सहयोग अभियान सञ्चालन गरिएको हो । उनीहरुले रु ३५ हजार सङ्कलन गरी पठाइदिएका छन् ।

पाखुरामा अस्वाभाविक ढङ्गले ट्युमर बढ्दै गएपछि उहाँ चिन्तामा पारेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले उपचारका लागि चितवन लगेका छन् । अर्घा धरम्पानीका लक्ष्मीनारायण चुँदाली र गोविन्द आचार्यले उपचारका लागि पठाउन सहयोग पु¥याएपछि उहाँलाई एम्बुलेन्समा चितवन लगिएको हो ।

उनीहरुले सो रकम लक्ष्मीनारायण चुँदालीमार्फत उनको परिवार समक्ष पु¥याएका छन् । चुँदालीले उहाँकी आमा कमलालाई सहयोग रकम हस्तान्तरण गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *