जिल्ला अस्पतालमा औषधि बिक्री कक्ष

pashal

बैतडी, १ असोज – जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ ।

सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए । “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उनले भने “तत्कालका लागि एक जना बिफर्मा र एक जना अहेवको व्यवस्था गरिएको छ ।”

सरकारले बिरामीलाई सजिलो होस् भन्ने उद्देश्यले सरकारी अस्पतालभित्र औषधि बिक्री कक्ष सञ्चालन गर्ने नीति लिएको हो ।

औषधि बिक्री कक्षमा निःशुल्क रुपमा अस्पतालमा उपलब्ध हुने बाहेकका औषधि किन्न पाइने बताइएको छ । जिल्ला अस्पताल परिसरभित्रै औषधि बिक्री कक्षा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो हुने भएको छ ।

निःशुल्क रुपमा प्राप्त नहुने तर किन्नुपर्ने औषधि अब सजिलै किन्न सकिने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *