डा. गोबिन्द केसीले गरे ३५० को उपचार

dr-gobinda-kc

रोल्पा, ३१ भदौ – त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा ३५० जनाको उपचार गरेका छन् । उनले गत बुधबार र विहीबार सुलिचौरमा निशुल्क स्वास्थ्य सिविर राखेका थिए ।

दुई दिने शिविर सम्पन्नपछि उहाँ आज बिहानै बसबाट काठमाडौँ फर्किनु भएको छ स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए ।

“बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।”

शिविरको पहिलो दिनमै उहाँले करिब सय बिरामीको उपचार गरेका थिए भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो ।

डा. केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *