दुई हजार स्कुले विद्यार्थीको मुटु परीक्षण

gorkha-camp

गोरखा, ३१ भदौ – गोरखाका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत करीब २ हजार विद्यार्थीको बिहीबार निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हार्ट फाउन्डेसन गोरखाले दशकिलोस्थित महेन्द्र मावि र आहालेस्थित सरस्वती माविका दुई हजार जना विद्यार्थीको मुटुको परीक्षण गरेको हो ।

मुटु परीक्षणका क्रममा दुईजना विद्यार्थीको मुटुमा समस्या देखिएको छ । उनीहरुको उपचारका लागि तीन लाख रुपैयाँ लाग्ने र फाउन्डेसनले निःशुल्क उपचार गरिदिने तयारी गरेको जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए ।

फाउन्डेसनले आज सदरमुकामको बालमन्दिर मावि, महेन्द्रज्योति माविका बिद्यार्थीको निःशुल्क मुटुको परीक्षण गर्ने फाउन्डेसनका सचिव पवनरमण खनालले बताए ।

यस्तै, स्वास्थ्य संस्थाका प्रमुखलाई टन्सिल र मुटुसम्बन्धी विभिन्न जानकारी दिन आज जनस्वास्थ्य कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको खनालको भनाइ छ ।

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको तीन सदस्यीय टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *