यी हुन् ‘हेल्थ अवार्ड’ पाउन सफल व्यक्ति तथा संस्था

health-award

काठमाडौँ, ३० भदौ – स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिदै आएको हेल्थ अवार्ड २०७३ यसबर्ष ७ जना सम्मानित भएका छन् । त्यसरी सम्मान पाउनेमा दुईवटा संस्था र पाँच जना व्यक्ति छन् ।

स्वास्थ्य खबरपत्रिकाले आफ्नो छैटौँ बार्षिकोत्सब अबसर पारी आयोजित हेल्थ अवार्ड समारोहमा स्वास्थ्य सेवा क्षेत्रको लाइफटाइम एचिभमेन्ट अवार्डबाट डा टिकामान बैद्य सम्मानित भएका छन् ।

त्यस्तै उत्कृष्ठ चिकित्सकको अवार्ड जनकपुर आँखा अस्पतालका डाक्टर रामचन्द्र झालाई पाएका छन् । त्यसैगरी उत्कृष्ट नर्स तेह्रथुम हमरजुङ इलाका स्वास्थ्य चौकीमा कार्यरत सिर्जना श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट स्वास्थ्यकर्मीमा १९ वर्षदेखि हुम्लामा कार्यरत खडानन्द न्यौपानेले प्राप्त गरेका छन् ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख मंगला मानन्धरलाई यस वर्षको उत्कृष्ठ जनस्वास्थ्य अवार्ड दिइएको छ । संस्थातर्फ उत्कृष्ठ अस्पतालको अवार्ड अछाम जिल्ला अस्पतालले प्राप्त गरको छ । सामाजिक संस्थाको अवार्ड भने यसबर्ष रोटरी इन्टरनेशनलाई प्रदान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ठ हुनेलाई स्वास्थ्य मन्त्री गगन थापा, स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती लगायतले सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *