हृदयघातबाट कसरी बच्ने ?अपनाउनुहोस् यी उपाय
तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् र खानामा नुन कम खानुहोस् ।
आफ्नो तौल सन्तुलित राख्नुहोस् । हरेक दिन नियमित रुपमा आधा घण्टा हिड्ने बानी गर्नुहोस् ।
योगा तथा व्यायाम नियमित गर्नु आवश्यक हुन्छ । भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।
साथै यी खानेकुरा खाने गर्नुहोस् :
१. प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
२. गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले मुटु रोगको जोखिम घटाउँछ ।
३. लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
४.गाजर : गाजरको जुस बनाएर पिउने र सलादको रुपमा खाने गर्नाले यो मुटुको लागि निकै लाभदायक हुन्छ ।
सम्पर्क इमेल : [email protected]