नेपालको स्वास्थ्य क्षेत्रका लागि बेलायतको सहयोग

काठमाडौँ, २९ भदौ –  भूकम्पपछि स्वास्थ्य क्षेत्रमा भएको क्षतिको पुनःनिर्माणका लागि बेलायतले नेपाललाई ८५ मिलियन पाउन्ड स्टर्लिङ सहयोग गरेको छ ।

उक्त सहयोग बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास नियोग ९डिएफआइडी०ले नेपाल स्वास्थ्य क्षेत्र पुनःनिर्माण कार्यक्रम ९एनएचएसपी–३० अन्तर्गत करिब साढे चारवर्षे अवधिका लागि गरेको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालकातर्फबाट अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय विभागका सहसचिव वैकुण्ठ अर्याल र डिएफआइडी नेपालका उपनिर्देशक मार्क स्मिथले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पूरै सहयोगमध्ये ५७ मिलियन पाउन्ड स्टर्लिङ रातो किताबमार्फत स्वास्थ्य सेवा विभागका लागि जम्मा हुनेछ भने २८ मिलियन प्राविधिक कामका लागि छुट्याएको छ । त्यस्तै १४ मिलियन पाउन्ड स्टर्लिङ स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधार पुनःनिर्माणका लागि खर्च गरिनेछ । यसअघि भूकम्प गएलगत्तै दुई देशका सरकारबीच सन् २०१५ को सेप्टेम्बरमा १० मिलियन पाउन्ड स्टर्लिङको सहयोग सम्झौता भएको थियो ।

सो अवसरमा विभागका सहसचिव अर्यालले सहयोग मूलतः भूकम्प प्रभावित जिल्लाका महिला, बालबालिका, घाइते तथा अपाङ्गमा केन्द्रित रहने जानकारी दिए । त्यस्तै देशैभरिका स्वास्थ्य केन्द्र र अस्पतालका भौतिक संरचनामा पुगेको क्षति पुनःनिर्माणसँगै त्यहाँको स्तरवृद्धिका लागिसमेत उक्त रकम खर्च गरिने बताइएको छ ।

उपनिर्देशक मार्क स्मिथले सन् २०२० मा यो सम्झौता सकिएपछि पनि नेपालको सामाजिक, आर्थिक क्षेत्रका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *