बिनादर्ता मेडिकल सञ्चालन

pasal

भीमदत्तनगर, २९ भदौ –  कञ्चनपुरको भीमदत्तनगरमा बिनादर्ता स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेको अनुगमनका क्रममा भेटिएको छ ।

आज औषधि व्यवस्था विभाग नेपालगञ्जको टोलीले कञ्चनपुरको भीमदत्तनगरमा रहेको औषधि पसल, मेडिकल हल, क्लिनिकहरूमा अनुगमन गर्दा कानुनी प्रक्रिया नपु¥याई सञ्चालन गरिएको भेटिएको हो ।

टोलीले यहाँको अस्पताल लाइनमा रहेको हिमाल डेन्टल हस्पिटल र महादेव मेडिक्लिनिक बिनादर्ता सञ्चालनमा रहेको भेट्टाएको थियो । आठवटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा प्रायः धेरैमा कागजी प्रक्रिया पूरा नगरेको भेटिएको टोलीले जनाएको छ ।

कागजी प्रक्रिया नपुगेका मेडिकल तथा क्लिनिक सञ्चालकलाई १५ दिनभित्र प्रक्रिया पूरा गर्न समेत टोलीले निर्देशन दिएको छ । बजारमा अनुगमन भइरहेको सुइँको पाएपछि यहाँका केही मेडिकल क्लिनिक सञ्चालक मेडिकल नै बन्द गरेर गएको भेटिएको थियो ।

अनुगमनमा विभागका फार्मेसी निरीक्षक पुष्पराना क्षेत्री, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, जिल्ला जनस्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिका साथै प्रहरीको सहभागिता रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *