इजरेली पूर्वप्रधानमन्त्री सिमोन पेरिसलाई मस्तिस्कघात

simon-peris

एजेन्सी – इजरेली पूर्वप्रधानमन्त्री सिमोन पेरिसलाई मस्तिस्क घात भएको छ । यद्धपी उनी अहिले होसमै रहेको र स्वास्थ्य अवस्था स्थीर रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार ९३ बर्षीय पेरिसलाई मस्तिस्कघात हुनासाथ हतार हतार तेलअभिव बाहिरको हास्मोहर शहरको सेवा अस्पतालमा पुरयाइएको थियो ।

पेरिस यसअघि पनि सोही मस्तिस्कघात सम्वन्धी उपचारका लागि सोही अस्पताल पुगेका थिए । गत जनवरीमा उनको जाँच गर्दा मुटुको धडकनमा समस्या परेको पाइएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यसबेला उनी दुई रात अस्पतालमै विताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *