प्रेमसागर कर्माचार्यद्धारा १४७ औँ पटक रक्तदान

१४७ औँ पटक रक्तदान गर्दै प्रेमसागर कर्माचार्य
१४७ औँ पटक रक्तदान गर्दै प्रेमसागर कर्माचार्य

काठमाडौँ, २८ भदौ – नेपालमै सबैभन्दा बढी पटक रक्तदान गर्ने सूचीको पहिलो नम्बरमा रहेका प्रेमसागर कर्माचार्यले १४७ औ पटक रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजमा अध्यक्ष समेत रहेका कर्माचार्यले सोमबार बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजद्धारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् ।

१६ बर्ष देखि रक्तदान गर्न थालेका कर्माचार्यले त्यसयता हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका छन् । रक्तदान सम्वन्धी जनचेतना जगाउन हरेक पटकको रक्तदानका लागि उनी विभिन्न जिल्लाका गएर दान गर्ने गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *