सम्पूर्ण चिकित्सकलाई गोलबद्ध गरि अघि बढ्नेछु : नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठ

bhdai-5

काठमाडौँ २७ भदौ – नेपाल चिकित्सक संघका नव निर्वाचित अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सम्पूर्ण चिकित्सकलाई गोलबद्ध गरि अघि बढ्ने बताएका छन् । उनले चिकित्सा शिक्षा र चिकित्सकीय पेशाको गरिमा बढाउने कार्यमा संघ लागि पर्ने दावी गरेका छन् ।

सोमबार निर्वाचित भएपछि विजयी उम्मेदवारलाई बधाई दिन निर्वाचन समितिले राखेको कार्यक्रममा नवनिर्वाचित डा. अध्यक्ष श्रेष्ठले चिकित्सा क्षेत्रको शाखलाई अझ माथि उठाउने दिशामा आफ्नो समूह लागि पर्ने बताए ।

उनले भने, ‘पेशागत संगठनहरुमा चिकित्सक संघ सबैभन्दा पुरानो संगठन हो । यसर्थ यसको विशेष महत्व छ । पछिल्लो समय चिकित्सा क्षेत्रमा विकृति बढेको भन्ने गुनासो पनि सुनिएको छ । यी सबैलाई चिर्नका लागि नेपाल चिकित्सक संघले नेतृत्वदायी भुमिका खेल्छ । पराजित भएका साथीहरुसंग पनि हामी हातेमालो गर्दै अघि बढछौँ ।’

badhai-6

पेशागत समूहबाट विजयी बनेकी कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले चिकित्सक र चिकित्सा पेशाको गरिमा बढाउन संघले रचनात्मक काम गर्नुपर्ने बताइन् । उनले देशभरका चिकित्सकहरुलाई समेटेर संगठनलाई बृहत बनाउने र सबैसंग मिलेर काम गर्नुपर्ने बताइन् । उनी आफ्नो समूहबाट आफूमात्रै विजयी भएको भन्दै आफूलाई सबैको साथ सहयोगको जरुरी रहेको बताइन् ।

badhai-1

कार्यक्रममा विजयी उम्मेदवारहरुलाई प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना, संघका पूर्वअध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झाले टिका माला तथा खादा लगाइदिएका थिए । सो अवसरमा उनीहरुले नयाँ नेतृत्वलाई शुभकामना समेत दिएका थिए ।

badhai-4

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *