भोट हाल्न गएका १२ डाक्टरले २७ जना माथि ‘गलत’ गरि निस्किए ?

vote-count

काठमाडौँ, २७ भदौ – नेपाल चिकित्सक संघको शनिबार सम्पन्न निर्वाचनमा उपत्यकाका १२ जना डाक्टरले २७ जना आफ्ना उम्मेदवार माथि बेठिक चिन्ह लगाई निस्किएका छन् । सोमबार राती उपत्यकाको भोट गणना गर्ने क्रममा यस्तो देखिएको हो ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले भोट गन्ने क्रममा १२ वटा मतपत्रमा सबै उम्मेदवारलाई बेठिक चिन्ह लगाएको बताए । ‘भोट हाल्नका लागि १३ जनालाई मात्रै ठिक चिन्ह दिनुपर्ने थियो । तर केही साथीहरुले अनौठा गर्नुभएछ । सबै उम्मेद्धारलाई बेठिक चिन्ह दिएर निस्कनु भएछ,’ नेपाली हेल्थसंग उनले भने ।

डा. रानाका अनुसार भोट गणना गर्ने क्रममा उपत्यका बाहिरबाट खसेको एक भोट मतदाता बाहेकबाट खसेको पाइएको बताए । ‘त्यसलाई पनि हामीले सर्वपक्षीय छलफलबाट बदर गरयौँ ‘, उनले भने ।

गत १७ देखी २५ भदौसम्म चलेको निर्वाचनमा उपत्यका बाहिर १४०१ र उपत्यकामा १४७५ भोट खसेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *