नक्कली प्रमाणपत्रको आरोपमा थप दुई चिकित्सक पक्राउ

cib

काठमाडौँ,२७ भदौ – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेको अभियोगमा नेपाल प्रहरीको केन्दीय अनुसन्धान व्युरो सीआईबीले थप दुई डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवघाट २ तनहूँका बालकृष्ण अर्याल छन् ।

उनी मीडइष्ट पोलिक्लिनिक दुबईमा कार्यरत हुन् । सीआईबीले अर्याललाई भारतबाट प्लसटूको नक्कली प्रमाणपत्र ल्याई एमबीबीएस अध्ययन गरेको आरोप लगाएको छ । अर्यालले पाकिस्तानबाट एमबीबीएस सकेका हुन् ।

त्यस्तै जनसेवा डेन्टल हस्पिटल पथरी मोरङमा कार्यरत जनकपुर १५ धनुषाका संजीवकुमार साह पनि पक्राउ परेका छन् । सीआईवीले उनीमाथि पनि प्लसटूको नक्कली प्रमाणपत्र पेश गरी अध्ययन गरेको आरोप लगाएको छ । साहले एमएस नेपालबाटै गरेका छन् ।

सीआईबीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार अर्याल गत शुक्रबार बाँसबारीबाट र साहलाई गत शनिबार सानो भरयाङबाट पक्राउ परेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *