कपाल र नङ सम्बन्धी ८ रोचक तथ्यहरु

- नेपाली हेल्थ

Brunette woman Portrait. Black short hair style. Manicured nails and red lips. Fashion Beauty Photo

नङ र कपाल अथवा रौं शरीरको जीवित अंग होइनन् । शरीरका कोषहरु मरेर त्यसलाई बाहिर निकाल्ने प्रक्रिया स्वरुप रौं नङहरु निस्कछन् । त्यसो भए पनि यी भागहरुको निरन्तर हेरचाह र सरसफाईमा भने ध्यान दिन जरुरी हुन्छ ।

१. अनुहारका रौं अथवा दाह्रीजुँगा शरीरको अन्य भागको रौं भन्दा छिटो बढ्छन् । यदि कुनै पुरुषले आफ्नो दाह्रीजुँगा र कपाल जीवनभर काटेन भने दाह्री जुँगा कपाल भन्दा लामो हुनसक्छ ।

२.  हरेक दिन एक स्वस्थ मानिसको ६० देखि १०० वटा सम्म कपालका रौं झर्छन् ।

३.  महिलाको कपालको मोटाइ पुरुषको कपालको मोटाइ भन्दा आधा हुन्छ ।

४.  मानिसको एउटा रौं ले करिब १०० ग्रामतौल थेग्न सक्छ ।

५.  माँझि औंलाको नङ सबैभन्दा छिटो बढ्छ ।

६.  प्रति क्षेत्रफलमा हुने रौंको सङख्यामा मानिस र चिम्पान्जीमा लगभग उस्तै हुन्छ ।

७.  हातका नङ खुट्टाका नङ भन्दाचार गुँणा छिटो बढ्छ ।

८.  मानिसको रौं आगोले जलाएर बाहेक अरु कुनै तरिकाले बिनास गर्न सकिन्न ।

एजेन्सी


Facebook Comment


थप समाचार