चिकित्सक संघको निर्वाचनको मतगणना सुरु हुँदै

nma1

काठमाडौँ, २६ भदौ – नेपाल चिकित्सक संघको हिजो सम्पन्न निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । भृकुटीमण्डपस्थित संघको कार्यालयमा अहिले मतपेटिका खोली मतपत्र मिलाउने काम सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाका अनुसार मतपत्र मिलाउने काम सकिएपछि गणना सुरु हुनेछ । सम्भवत यो कार्य सम्पन्न गर्न एक घण्टा लाग्ला त्यसपछि गणना सुरु हुनेछ डा. रानाले भने ।

मतगणना पहिले उपत्यका बाहिरबाट सुरु हुने बताइएको छ । उपत्यकाको मतदानस्थल समेत रहेको संघको कार्यालयमा अहिले उम्मेदवार चिकित्सक, समर्थक चिकित्सक तथा सुभेच्छुकहरुको भिड बढ्दै गएको छ ।

अध्यक्ष सहित १३ पदका लागि यसपटक प्रजातान्त्रिक समूहबाट डा. मुक्तिराम श्रेष्ठको प्यानल र पेशागत समावेशी प्यानलबाट डा. रमेश ढकालको प्यानलले भाग लिएको छ ।

nma2

महासचिवमा प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्की, पेशागत समावेशी समूहबाट डा. अजयकुमार मिश्रको उम्मेद्धार थिए भने दुई प्यानल बाहेक स्वतन्त्र रुपमा डा. पुष्पमणी खराल समेत उम्मेद्धवार बनेका थिए ।

सधै प्रजातान्त्रिक समूहकै जित हुने चिकित्सक संघको निर्वाचनमा यसपटक युवा उम्मेद्धारको बाहुल्य रहेको पेशागत समावेशी समूहले कडा टक्कर दिएको बताइएको छ । यद्धपी दुबै समूहले जीत आफ्नै पक्षमा रहेको दावी गर्दै आएका छन् । बास्तविकता थाह पाउन भने आज बेलुकासम्म कुर्नै पर्ने हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *