डेन्टल एसोसियशनको निर्वाचन सम्पन्न, अध्यक्षमा डा. सन्तोषमान राजभण्डारी

dantal-assotion

काठमाडौँ, २६ भदौ – दन्त चिकित्सकहरुको छाता संस्था नेपाल डेन्टल एसोसियसनको अध्यक्षमा डा. सन्तोषमान राजभण्डारी निर्वाचित भएका छन् । कान्तिपुर डेन्टल कलेजका सहप्राध्यापक उनले २९८ मत प्राप्त गरेका थिए । निकटतम प्रतिप्रस्पर्धी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की डा. शैली प्रधानले २३८ मत प्राप्त गरेकी थिइन् ।

शनिबार (हिजो) सम्पन्न निर्वाचनमा अध्यक्षमा डा. राजभण्डारी र डा. प्रधानसहित डा. हेमन्त हलवाईको उम्मेद्धारी परेको थियो । त्यसैगरी महासचिवमा डा. मनोज हुमागाई निर्वाचित भएका छन् । काठमाडौँ विश्वविद्यालयका उनले डा. आस्मा त्रिपाठीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

एसोसियसनको अन्य पदमा भने सबै निर्बिरोध निर्वाचित भएका थिए । निर्बिरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष डा. विश्वप्रचण्ड सेडाईँ, कोषाध्यक्ष डा. सुजया गुप्ता, सहसचिव डा. अजय साह छन् । डा. सेडाईँ समाज डेन्टल हस्पिटल, डा. गुप्ता कान्तिपुर डेन्टलमा लेक्चरर र डा. साह जनकपुरका हुन् ।त्यस्तै निर्विरोध निर्वाचित हुने अन्य सदस्यहरुमा डा. सरोज घिमिरे, डा. कुशल विम्ब, डा. बिजिता मण्डल र डा. सुमन काफ्ले छन् ।

दुई बर्षे कार्यकालका लागि एसोसियसन मतदान प्रक्रिया दुई चरणमा भएको थियो । एसोसियसनको जिल्ला शाखा रहेको उपत्यका बाहिरको नौ स्थानमा गत १८ भदौमा र उपत्यका भित्र २५ भदौमा भएको हो ।

१८ भदौमा निर्वाचन भएका स्थानमा झापा, विराटनगर, धरान, चितवन र पोखरा रहेका छन् । त्यस्तै बीरगञ्ज, जनकपुर भैरहवा र नेपालगञ्जमा पनि अघिल्लो शनिबार नै मतदात सम्पन्न भएको थियो । उपत्यका बाहिरबाट २३३ मत खसेको थियो ।

यता उपत्यका हिजो विहान ९ देखी ५ बजेसम्म भएको मतदानमा ४१४ मत खसेको थियो । नव निर्वाचित अध्यक्ष राजभण्डारीका अनुसार कुल १ हजार १४९ जना मतदाता भएको निर्वाचनमा कुल भोट ६४७ खसेको थियो । एसोसियसनको अध्यक्ष नेपाल मेडिकल काउन्सिलको पदेन सदस्य हुने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *