प्राथमिक उपचारसम्बन्धी ज्ञान दिँदै रेडक्रस

red cross

मेलम्ची, २६ भदौ – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवसको अवसरमा मेलम्ची नगरपालिका–१२ शिखरपुरमा प्राथमिक उपचारका विषयमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका कतिपय क्षेत्र र जिल्लामा अझै पनि प्राथमिक उपचारका विषयमा ज्ञान नभएको अवस्थामा प्राथमिक उपचार कसरी गरिन्छ, यस्तो उपचारले कसरी फाइदा पुग्छ, प्राथमिक उपचार गर्दा र नगर्दा हुने फाइदा बेफाइदाका विषयमा उक्त कार्यक्रम गरिएको रेडक्रस जिल्ला शाखा सभापति राजेन्द्रमान ताल्चाभँडेलले बताउए ।

प्राथमिक उपचारले व्यक्तिगत जीवनमा दिने फाइदा, उपचार गराउने विधि र जीवन बचाउने पहिलो आधार भनेकै प्राथमिक उपचार हो भन्ने विषयमा कार्यक्रम भएको हिरादेवी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश दाहालले बताए ।

नर्वेजियन रेडक्रस सोसाइटीले गत तीन वर्षदेखि महिला समूह गठन गरेर शिखरपुरबाट सुरु गरेको एचआइभी एड्स र मानव बेचबिखनविरुद्ध सशक्त रुपमा विभिन्न किसिमका कार्यक्रम चलाउँदै र जनचेतना दिँदै आएको छ ।

पछिल्लो समय एचआइभी लागेका तथा बढी मानव बेचबिखन हुने गरेको र त्यसमा पनि सिन्धुपाल्चोक जिल्ला यस्तो समस्यामा बढी चिनिएकाले यसलाई कसरी न्यूनीकरण गर्ने तथा निर्मूल पार्ने भन्ने विषयमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी सचेतना फैलाउने कार्यसमेत भएको थियो ।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका प्रमुख, मन्त्री, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीयवासी महिला तथा जनसमुदायको उपस्थिति रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *