क्यान्सरलाई कसरी चिन्ने ? अनि जोगिने कसरी ?

 

kishor-kumar

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ ।

क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउछ । नेपालमा यी तिनै पक्षहरु क्यान्सर रोगका लागि अनुकुल सिद्ध भएको पाइएको छ । त्यसैले पनि हामीकहाँ क्यान्सरका विरामी दिनानुदिन बढी रहेका छन् भन्न कुनै दुविधा छैन् ।

क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ । र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । त्यो कसरी सम्भव छ रु त्यसका लागि यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।

के के मा ध्यान दिने ?

निम्न चिन्ह तथा लक्षणहरु देखिएमा कतै क्यान्सर त भएको छैन भनि नजिकको स्वास्थ्यकर्मीकहाँ वा अस्पतालमा पुगेर देखाउने तथा सल्लाह लिइ हाल्ने गर्नुपर्छ :

लक्षणहरु :

  •  लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।
  •  खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।
  •  लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
  •  महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
  • स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।
  • शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।
  • कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
  • छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।
  • नाक,मुख र दिसा बाट रगत आउनु ।
  • धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।

निम्न उपाायहरू अपनाएमा क्यान्सर रोगवाट बच्न सकिन्छ :

  • चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।
  • बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।
  • पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
  • अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।
  • चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।
  • धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।
  • महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।
  • स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।
  • दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।
  • मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *