दर्ता विना सञ्चालित स्वास्थ्यसंस्थालाई दर्तामा आउन १५ दिनको म्याद

Swasthya sewa bivag

काठमाडौँ, २३ भदौ – सरकारले दर्ता तथा नविकरणविना सञ्चालित सबैखाले स्वास्थ्य संस्थालाई दर्ता तथा नविकरण गर्न १५ दिनको म्याद दिएको छ ।

स्वास्थ्य सेवा विभागले विहीबार सूचना जारी गर्दै अस्पताल, पोलिक्लिनिक तथा क्लिनिक लगायतका सबैखाले स्वास्थ्य संस्था दर्ता तथा नबिकरण गर्न भनेको हो ।

सूचनामा तोकिएको अवधीभित्र दर्ता तथा नविकरण नगरे त्यस्ता स्वास्थ्य संस्था पोलिक्लिनिक तथा क्लिनिक उपर कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

विभागले सबै स्वास्थ्य सेवा प्रदायकलाई व्यवस्थित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाउन समेत आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *