कान्तिपुर डेन्टलमा सीडीएस तथा डिप्लोमा इन फार्मेसीे विषयबारे प्रशिक्षण

काठमाडौँ, २२ भदौ – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सीटीइभीटीको सम्वन्धमा संचालित ३ बर्षे सर्टिफिकेट इन डेन्टल साइन्स (सीडीएस) तथा डिप्लोमा इन फार्मेसी कार्यक्रमको ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।

kdc1

कार्यक्रममा विज्ञहरुले बिद्यार्थीहरुलाई सीडीएस तथा डिप्लोमा इन फार्मेसी विषयको पाठ्यक्रम तथा यसको महत्वको बारेमा जानकारी दिइएको यसका साथै बिद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धि जानकारी र सामुदायिक दन्त स्वास्थ्य सम्वन्धि जानकारी समेत प्रदान गरिएको थियो ।

विज्ञहरुले सीडीएस अध्ययन सकेपछि विद्यार्थीहरुले स्वास्थ्य व्यावसायी परिषदले तोकेको कार्यक्षेत्रभित्र रही डेन्टल क्लिनिक अस्पताल तथा डेन्टल कलेजमै रोजगारी पाउन सक्ने बारेमा जानकारी दिए । त्यस्तै उनीहरुले युरोप अमेरिका लगायतका विश्वका विभिन्न मुलुकमा सहजरुपमा जान सक्ने बताए ।

kdc

त्यसो त सीडीएस अध्ययन सकेपछि स्नातक तहको अन्य बिषयहरुमा अध्ययन गर्न पाइन्छ । त्यस्तै तीन महिने ब्रिजकोर्ष पछि नेपालमै बीडीएस तथा एमबीबीएस अध्ययन गर्न सकिने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कान्तिपुर डेन्टलमा सीडीएस तथा डिप्लोमा इन फार्मेसीे विषयबारे प्रशिक्षण

  1. Habadari news …….buddi mann ko college ma kati jana cds le job pako x…..buddi mann ko marketing policy….that’s it…

Leave a Reply

Your email address will not be published. Required fields are marked *