चिकित्सक संघ निर्वाचन : दोस्रो दिन खस्यो २७५ भोट

doctor chunab6
फाइल फोटो

काठमाडौँ, २२ भदौ-  नेपाल चिकित्सक संघको २०७२-०७५ कार्यकालका उपत्यकामा जारि निर्वाचनको दोस्रो दिन २७५ भोट खसेको छ । पाँच दिने मतदान प्रक्रियाको पहिलो दिन हिजो २०५ भोट खसेको थियो ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले उपत्यकामा जारी दोस्रो दिनको मतदान पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले निर्वाचनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दुबैपक्षका उम्मेदवार तथा मतदाताहरुले सहयोग गरेको दावी गरे ।

‘दुबै पक्षका साथीहरुले निर्वाचनस्थल तलपट्टी लाइन लागेर मतदाताहरुलाई आफ्नो पक्षमा पार्न सक्रिय हुनुभएको छ । जुन प्रजातान्त्रिक प्रकृया पनि हो,’ नेपाली हेल्थसंग उनले भने, ‘तर निर्वाचन भएकै स्थानमा आएर बस्न वा प्रचार गर्न कुनै पक्षलाई पनि दिइएको छैन् ।’ उनले निर्वाचनका लागि खटिएका कर्मचारीले नै चुनावको व्यवस्थापन गरेको बताए ।

समावेशी समूहबाट उम्मेदवार बनेका डा. रमेश ढकालले उपत्यकाको दोस्रो दिनको निर्वाचन आइपुग्दासम्म शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनले गतवर्ष भन्दा यसबर्ष मतदाताहरु केही बढी भएको र सहभागी समेत केही बढी नै हुने भन्दै चुनावले रोमान्चक मोड लिएको बताए ।

प्रजातान्त्रिक समूहबाट महासचिवका उम्मेदवार डा. लोचन कार्कीले पनि चुनाब प्रतिस्पर्धात्मक तर शान्तिपूर्ण रुपमा अघि बढेको बताए । ‘यसपटक चुनाव गजब भइरहेको छ, सबै चिकित्सक साथीहरु नै हुनुहुन्छ, भोटमाग्दा दिन्न भन्नु भएको छैन । मलाई मात्रै होइन मेरा प्रतिपस्र्धी साथीहरुलाई पनि त्यसै भन्नुभएको छ तर कसलाई दिनुहुन्छ थाह छैन्’ नेपाली हेल्थसंग भने ।

संघको निर्वाचन उपत्यकामा आगामी २५ भदौसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *