मिर्गौला रोगीद्वारा सहयोगको याचना

lduf}{nfkLl8tsf] ofrgf /f]Nkfsf cf]t uflj;–* ljlgtf cf]nL Ps jif{eGbf a9L ;dob]lv eQmk'/l:yt dfgj cªu k|Tof/f]k0f s]Gb|df lg/Gt/ 8fonl;; u/fO/x]sL l5g . pgsf b'j} lduf}{nfn] sfd ub}{g . tl:a/ M kljqf u'/fufOF, /f;;

काठमाडौँ, २२ भदौ – रोल्पाको दुर्गम क्षेत्रमा बस्ने एक मिर्गौला रोगी महिलाले आर्थिक सहयोगको लागि सबैमा अनुरोध गरेकी छन् ।

ओत गाविस–८ की विनिता ओली विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलसिस गराउँदै आएकी छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडिसकेको छ ।

बिरामी भएपछि पति लालसिंह ओलीले उनलाई भारतको विभिन्न सहरमा उपचार गराउन लगेका थिए तर उनलाई कुन रोग लागेको हो, त्यहाँ पत्ता लग्न सकेन् । अन्त्यमा नेपालमै मिर्गौलाले काम गर्न छोडेको पत्ता लाग्यो ।

अहिलेसम्म ओलीको उपचारमा लाखाँै रुपैयाँ खर्च भइसकेको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका ओली दम्पत्तीको कुनै आम्दानीका स्रोत छैनन्, जग्गाजमिन पनि थोरै रहेको ओलीका श्रीमान् लालसिंह बताउँछन् ।

उपचारकै क्रममा उनले लाखौँ ऋण लिइसकेका छन् भने चिकित्सिकले विनिताको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । त्यसका लागि रु तीन लाख देखि रु। पाँच लाखसम्म खर्च गर्नुपर्ने केन्द्रले जनाएको छ । तर रकमको अभावमा उनी मिर्गौला प्रत्यारोपण गर्न सक्ने अवस्थामा छैनन् । हाल विनितालाई मासिक रु ५० हजारसम्मको औषधि सेवन गर्नुपर्दछ ।

उनका दुई साना छोरी र बुढीआमा गाउँमै बस्छन् भने ओली दम्पती भक्तपुरको व्यासीमा कोठा भाडामा लिएर बसेका छन् ।

विनिता भन्छिन् “सानो सानो आर्थिक सहयोग पाए मेरो ज्यान बाँच्थ्योकी” । छोरीे र बुढीआमाका लागि भए पनि उनी बाँच्न चाहन्छिन् । बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग सहयोगको अपेक्षा उनले गरेकिछिन् ।

उनलाई सहयोग गर्न चाहनेले लालसिंहको मोबाइल नम्बर ९८०८६८६९०३ वा ९८४१३९२९६० मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *