महोत्तरीमा कुकुरको टोकाई बढ्यो

dog bite

गौशाला, २२ भदौ – महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ ।

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेकोमा अहिले दैनिक आठ÷दशजना कुकुरले टोकेको बिरामी आउने थालेका छन् ।

सो अस्पतालका चिकित्सक साकेश कर्णका अनुसार अहिले कुकुरको प्रजननको बेला, बच्चा उत्पादन गर्ने बेला र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा कुकुरका बच्चालाई हानि पु¥याउनेलाई कुकुरले बढी रुपमा टोक्ने गरेको र सोही कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्दै गएको बताए ।

जम्मा ६६ गाविस र तीन नगरपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव झाले बताए ।

डा झाले अहिले कुकुर निक्कै आक्रामक भएका र कुकुरलाई हानि–नोक्सानी गर्न पुगेका बालबालिकालाई बढीरुपमा कुकुरले टोक्ने गरेको पाइएको बताए। उनले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप निक्कै बढ्न थालेपछि कुकुरले टोकेका बिरामीका लागि दैनिक रुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताए ।

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि ‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज भ्याक्सिन’ दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल ९डोज०सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मणिष पाण्डेले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *