पखाला लाग्दा उत्तम आहार

dahi

गर्मीमा पखालाको समस्या धेरैले भोग्नु परिरहेको हुन्छ । खानपिनदेखि विभिन्न तालमेल नमिल्दा पखाला लाग्ने गर्छ । पखालामा सकेसम्म ‘एन्टिबायोटिक’ चलाउनु ठीक नहुने चिकित्सकहरू सुझाब दिन्छन् । शुद्ध पानी तथा पानीयुक्त आहारमा जोड गरेर पखाला समयमै रोक्दा उत्तम हुने उनीहरूको सुझाब हुन्छ । पखाला रोक्न सहयोग गर्ने घरमै उपलब्ध केही आहार यी हुन् :

दही
दहीले पेटमा चिसोपन पैदा गर्छ । दहीमा हुने ब्याक्टेरिया र प्रोबायोटिक्सले पाचनक्रिया सही गराउन मद्दत गर्छ । दही खाएको केही समयमा पखाला रोकिन थाल्छ । थोरै मात्राका दिनमा दुई–तीन पटक दही खाँदा सुरुवाती पखाला सहजै रोकिन्छ ।

लौका
लौकाले पनि पेटलाई शान्त बनाएर राहत दिन्छ । पेटभित्र सजिलो गरी पच्ने लौकाले अन्य आहार पनि पचाउन भूमिका खेल्छ । लौकामा हुने गुणले पखाला रोक्छ ।

मुंगको दाल
मुंगको दालले पखालामा निकै फाइदा गर्छ । यो निकै सहज तरिकाले पच्छ । पखाला लाग्दा भातसँग मुंगको दाल खानु राम्रो हुन्छ । खाँदा भात कम र मुंगको दाल धेरै मिलाउनुपर्छ ।

सुन्तला
सुन्तलामा फाइबरको मात्रा उच्च हुन्छ । पखाला लाग्दा यसले निकै फाइदा गर्छ । सुन्तलामा पाइने फाइबरको मात्राले पाचन क्रिया सही ढंगले गराउँछ । पेटलाई आराम गराउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *