५० हजार रुपैयाँमा अहेव र अनमीको सरुवा तर सबै नक्कली !

mohp1 copy

काठमाडौँ, २० भदौ – जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा कार्यरत ३ जना अहेव र एक अनमीले ५० हजार खर्च गरि घरपाइक स्थानमा सरुवा भएका थिए । तर झण्डै डेढ महिना पछि पत्ता लाग्यो त्यो सरुवा पत्र र रमाना सबै नक्कली थिए ।

मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा रमेश सिंहको हस्ताक्षर छाप सहितको सरुवा पत्र पाएपछि असार महिनामा अनमी मन्दिरा श्रेष्ठ ललितपुर सरुवा भएकी थिइन् । त्यस्तै सोही जिल्लाबाट अहेव शुभलक्ष्मी यादव  बारा र उमानन्दप्रसाद महतो आन्तरिक सरुवा भएका थिए । अन्य एक जनाको भने नाम पत्ता लागिसकेको छैन् ।

छाप, लेटरप्याड, क्षेत्रीय निर्देशकको सही सहितको रमाना पत्र लिएर पुगेपछि सम्वन्धीत संस्थाले पनि विना सोधपुछ हाजिर गरायो तर पछि थाह भयो त्यो सबै नक्कली रहेछ । सरुवा हुने कर्मचारीले रकम खर्चेर घरपाइक सरुवा हुन चाहेको चाल पाएपछि गिरोह सक्रिय भएको कर्मचारीहरु बताउछन् ।

क्षेत्रीय निर्देशक डा सिंह भन्छन्, ‘अहिले चार जनाको नक्कली सरुवा भएको थाह पायौँ , यस्तो सरुवा २० जना भन्दा बढीको भइसकेको छ भन्ने बुझिएको छ । छानवीन हुँदैछ ।’

नक्कली सरुवा बारेमा मध्यमाञ्चलले सोमबार स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँदै राय समेत मागेको थियो । प्रहरीसंग समन्वय गरी छानवीन अघी बढाउन र नियमानुसार कारबाही अघि बढाउन निर्देशन दिएको छ । दिउसो सचिव ज्यूलाई जानकारी गराँए उहाँले छानवीन तथा कारबाही अघि बढाउन भन्नु भएको छ । डा सिंहले भने । उनले सरुवा हुनेहरुसंग जनही ५० हजार बढी लिएको प्रारम्भीक अनुसन्धानबाट थाह भएको बताए ।

स्मरणीय के छ भने  जतिवेला उनीहरुको सरुवा भएको थियो, त्यहिबेला स्वास्थ्यराज्य मन्त्री मोहमद मुस्ताक आलम थिए । रौतहटबाटै विजयी भएका उनको स्वास्थ्यको कार्यकालनै सरुवा बढुवामै केन्द्रीत रहेको थियो । नक्कली सरुवा गर्ने गिरोहले राज्यमन्त्रीकै जिल्लालाई छनौट गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *