कान्तिपुर जनरल हस्पिटलमा ९७ बर्षीय बृद्धको शल्यक्रिया

९७ बर्षीय तिलकमान बज्राचार्य कान्तिपुर जनरल अस्पतालको आइसियु कक्षमा
९७ बर्षीय तिलकमान बज्राचार्य कान्तिपुर जनरल अस्पतालको आइसियु कक्षमा

काठमाडौँ, २० भदौ – बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलमा ९७ बर्षीय बृद्धको सल्यक्रिया भएको छ । पाल्पा तानसेनका तिलकमान बज्राचार्यको सल्यक्रिया भएको हो । बज्राचार्य तानसेनकै सबैभन्दा जेष्ठ नागरिक हुन् ।

गत बिहीबार बाथरुपमा लडेर बायाँ खुट्टाको साप्रा माथिको भाग (नीक अफ फिमर) भाचिएका बज्राचार्यको बरिष्ठ अर्थोपेडिक सर्जन प्राडा श्रीकृष्ण गिरी र डा. राजेन्द्रमान प्रधानको टोलीले सल्यक्रिया गरेको हो । सल्यक्रिया पछि बज्राचार्यको अवस्था सामान्य बन्दै डा. प्रधानले बताए ।

‘हामीले नेक अफ फिमर सर्जरी अन्तर्गत पार्टसियल हिप रिप्लेसमेन्ट गरेको हो । अर्थोपेडिक सर्जरीमा यसलाई सामान्य मानिन्छ । तर ९७ बर्षको उमेरको व्यक्तिलाई गर्नु चुनौती मानिन्छ । हामी यसमा सफल भयौँ,’  डा. प्रधानले भने ।

उनका अनुसार उमेर छिपिएका व्यक्तिलाई एनेस्थेसिया दिएर अप्रेसन गर्नु चुनौतीपूर्ण हुन्छ । ‘त्यसमाथि विभिन्न रोगले समेत समातेको हुन्छ । तर उहाँमा उच्चरक्तचाप बाहेक अन्य जटिल समस्या थिएन र हामीले अप्रेसन गर्ने निधो गर्यौँ,’  नेपाली हेल्थसंग डा. प्रधानले भने । उनले अन्य समस्या भएका व्यक्तिलाई अप्रेसन नगरी छ हप्ता सम्म खुट्टा तन्काएर राखेर समेत उपचार गर्ने चलन रहेको भन्दै त्यस्तो गर्दा अन्य साइड इफेक्टको सम्भावना बढी हुने बताए ।

त्यसो त बृद्ध बज्राचार्यका छोरा डा. पुरन बज्राचार्य तानसेनका नाम चलेका डाक्टर हुन् । उनै डाक्टर बज्राचार्यले कान्तिपुरमै ल्याएर आफ्ना बृद्ध उमेरका बाबाको अप्रेसन गर्ने निर्णय लिएका थिए । ‘खासमा हामीले यहाँ एक्सरे गर्न भन्दै ल्याएका थियौँ तर अस्पतालको प्रविधि, दक्ष चिकित्सक र यहाँको हस्पिटालिटीले हामी यही अप्रेसन गराउने निष्कर्षमा पुग्यौँ डा. बज्राचार्यले भने । उनले कान्तिपुर दन्त उपचारमा मात्रै नभई जनरल उपचारमा पनि उत्कृष्ठ हुँदै गएको आफूले पाएको बताए ।

बिरामी बज्राचार्य तानसेनस्थित बज्राचार्य शाक्य समाजको थापाआजु, रणउजेश्वरी भगवती भजन गुठीका अध्यक्ष समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कान्तिपुर जनरल हस्पिटलमा ९७ बर्षीय बृद्धको शल्यक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *