गर्भपतन गराएकी महिलाको अवस्था गभ्मीर

खोटाङ, १९ भदौ – जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो ।

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित्सकहरुकै सल्लाहमा सोही दिन गर्भपतन गरिएको थियो । शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको अवस्था अहिले गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

गर्भपतन गराउने क्रममा चिकित्सक सन्तोष साहको लापरवाहीले श्रीमतीको ज्यान जोखिममा परेको उनका पति चन्द्र किरात राईले बताए। “हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौं,” श्रीमतीसँगै अस्पताल आउनुभएका राईले भने, “गर्भपतन गरिसकेपछि तत्काल बाहिर लैजान भन्यो । अहिले ज्यानै खतरामा परेको छ ।”

आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौँ पठाउन आफन्तले खानीडाँडा विमानस्थलसम्म पु¥याएका थिए । मौसममा आएको खराबीका कारण हवार्ईजहाज नआएपछि उनलाई पुनः अस्पताल नै फर्काइएको छ ।

शल्यक्रियापछि निरन्तर रगत बगेर टलकुमारी अस्पतालको शय्यामा छट्पटाई रहेकी छन् । सात जनाकी आमा टलकुमारीले आँखाभरि आँसु पार्दै भनिन्– “अब म मर्ने नै भएँ । मेरा सात जना छोराछोरी छन् । उनीहरुको बिचल्ली हुनेभयो ।”

योनीबाट निरन्तर रक्तस्राव हुनुका साथै टलकुमारीको पेट अत्यधिक फुलेर बस्न नमिल्ने भएको छ । उनको श्वासप्रश्वासमा पनि समस्या रहेको र शरीरमा रगत सकिएकाले रगत र हावा दिने काम भइरहेको अस्पतालले जनाएको छ ।

यस विषयमा कुरा गर्न खोज्दा शल्यक्रिया गर्ने चिकित्सक साहसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । अस्पतालका प्रमुख चिकित्सक डा। रामबहादुर केसीले टलकुमारीलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान अनुरोध गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *