मलेसियामा पनि देखियो जिका भाइरसको सङ्क्रमण

japanig insaflitis

मलेसिय, १९ भदौ –  मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ ।

उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ ।

यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सिङ्गापुरमा रहँदा जीका भाइरसको सङ्क्रमण भएको दाबी गरिए पनि शनिबार मृत्यु भएका सवाह राज्यका नागरिकको भने स्थानीयस्तरमै रोगको सङ्क्रमण भएपछि मृत्यु भएको जनाइएको छ ।

एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने जीका भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएका र विश्वभर करिब २६ लाख मानिसमा यसको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जिकाबाट ब्राजिल नराम्रोसँग प्रभावित बनेको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *