ट्याक्टरसंग एम्बुलेन्स ठोक्कियो, बिरामीसहित दुईको मृत्यु

इनरुवा, १९ भदौैं – सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को १ त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी सिरहा–१० का ३० वर्षीय सरोज यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सन्तोष यादव, शिवगणेश यादव, सञ्जित यादव, पपु यादव लगायतका चारजना गम्भीर घाइते भएका छन् ।

घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *