‘दर ऐच्छिक खाँऔँ तर नाचौँ अनिवार्य’

प्रा. डा. उमा कोइराला, पोषणविद्
प्रा. डा. उमा कोइराला, पोषणविद्

आज तीजको अघिल्लो दिन अर्थात दरखाने दिन । परापूर्वकाल देखि चल्दै आएको दरखाने चलन अहिले पनि हराएको छैन् । यद्धपी खाने शैली र पदार्थमा केही परिवर्तन भएको छ ।

दर भन्ने बित्तिकै चिल्लो र गुलियो खानेकुरा आइहाल्छ । गाँउ होस या शहर चिल्लो विनाको दर कल्पना पनि गर्न सकिदैन् । त्यसैले दर खाँदा सावधानी अपनाउनु जरुरी छ ।

गाँउ र शहरको दर

गाँउ र शहर दुबै ठाँउमा दर खाने चलन छ । तर गाँउ र शहरको खाने शैलीमा केही भिन्नता छ । गाँउमा तीजको अघिल्लो दिन खाने चलन छ तर शहरमा गाँउको तुलनामा अलिक बढी खाने गरिन्छ ।

गाँउमा दरको रुपमा प्राय खिर ढकनी चाम्रे सेलरोटी जस्ता खाद्य पदार्थ खाने चलन छ । तर शहरमा ती बाहेक पेय पदार्थ, मासुका परिकार आदि इत्यादि थपिन्छन् । गाँउमा व्यक्तिमा जति शारीरिक श्रम भइरहेको हुन्छ त्यति शहरकामा नहुन सक्छ । तर खाने मात्रा भने शहरकामा बढी देखिन्छ । यसले शहरका व्यक्तिमा पचाउने दरमा समस्या पर्छ । दिनहुँ चिल्लो खानेकुराले असर गर्न सक्छ ।

अर्को कुरा दरका परिकार कति ताजा र शुद्ध छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । बजारमा धेरै पटक प्रयोगभएका तेलमा परिकार बनाउने चलन छ मिठाई खुवाहरु समेत बासी सडेगलेको तथा मिसावट भएको भन्ने जस्ता आएको छ । यसलाई ध्यान दिएर मात्रै खानुपर्छ ।

teej

दरखाँदा कस्ता व्यक्तिले अपनाउने सावधानी ?

दरका परिकारमा चिल्लो पदार्थको मात्रा बढी हुने भएकोले विभिन्न रोगका विरामीले सावधानी अपनाउनुपर्छ । जस्तै उच्च रक्तचाप भएका विरामीले दरका परिकार खाँदा सावधानी अपनाउनुपर्छ ।

त्यस्तै ग्याष्टिक, अल्सरका विरामीले पनि बढी चिल्लो युक्त दर हानीकारक हुनसक्छ । त्यस्तै मिर्गौलाका विरामी, मधुमेहका विरामी, कोलेस्टेरोल हाई भएका विरामीले पनि दरका परिकार खाँदा ध्यान पुरयाउनुपर्छ । सकेसम्म नखानु राम्रो हुन्छ ।दर खाँदा सलाद हरियो सागसव्जी, फलफुल र पानी प्रसस्त खानु राम्रो हुन्छ ।

दर ऐच्छिक खाँऔँ तर नाचौँ अनिवार्य

तीज पर्व खाने र मनोरञ्जन गर्ने पर्व हो भन्दा फरक पर्दैन । दरखाने र तीजको गीत गाउने तथा नाच्ने यो पर्वको खास विशेषता हो । तीजका बेलामा खाने दर बढी चिल्लो र गुलियो पदार्थले बनेको हुन्छन् ।

जो कतिपय व्यक्तिका लागि हानिकारक समेत हुनजान्छ । बढी चिल्लो र गुलियो स्वास्थ्यका लागि समेत हानीकारक हुने भएकोले खाने बेलामा विशेष ध्यान पुरयाउन र अडकलेर खानु राम्रो हुन्छ । तर तीजसंगै जोडिएको अर्को विशेषता गीत गाउने र नाच्ने चलन छ ।

सो कार्यमा भने सकेसम्म भाग लिएको राम्रो । जति नाच्यो खाएको पनि पचाउन सजिलो हुन्छ । दिमागको स्फूर्ति बढछ । शारीरिक व्यायम हुन्छ । त्यसैले महिला दिदी बहिनी दाजुभाई जो दरमा शरीक हुनुहुन्छ । छमछमी नाच्नुहोला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *