एनिमियाबाट बच्न खानुहोस् यी चिज

fruits
आलुबखरा : आलुबखरामा प्रशस्त मात्रामा आइरन हुन्छ जसले एनिमिया रोग लाग्नबाट बचाउँछ ।

स्याउ :  स्याउमा प्रशस्त मात्रामा भिटामिन तथा आइरन हुन्छ । जसले शरीरमा रगत बढाउनमा मद्दत गर्छ । त्यसैले दिनमा १ वटा स्याउ खानाले एनिमियाबाट बच्न सकिन्छ ।

किशमिश : किशमिशमा प्रशस्त मात्रामा आइरन हुन्छ । जसले शरीरमा आइरनको मात्रा बढाउँछ दिनप्रतिदिन एक् मुठी किशमिशको सेवन गर्नाले फाइदा मिल्छ ।

मौसम : मौसममा पर्याप्त मात्रामा भिटामिन सी हुन्छ । यसको जुस बनाएर पिउनाले एनिमियाबाट बच्न मद्दत मिल्छ ।

केरा : केरामा प्रशस्त मात्रामा भिटामिन हुन्छ । जसको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै यसको नियमति सेवनले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ । केरा गर्भवती महिलालाई निकै उत्तम हुन्छ ।

सुन्तला : सुन्तलामा भिटामिन सी का साथै आइरन पनि पाइन्छ । जसको सेवनले एनिमिया रोग लाग्नबाट टाढा राख्छ ।

आँप : फलफूलको राजा भनेर चिनिने आँपमा प्रशस्त मात्रामा भिटामिन तथा आइरन हुन्छ । आँप एनिमिया रोगका लागि सर्वोत्तम मानिन्छ ।

अनार : अनारमा भिटामिन र आइरन पाइन्छ जसले शरीरमा रगतको कमी हुनबाट बचाउँछ र एनिमियाका लक्षणहरु थकाइ, कमजोरी हुनबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *