नेपालमै सम्भव हुने उपचार ‘हुँदैन’ भनेर सिफारिस गरे कारबाही

moh1

काठमाडौँ, १७ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले नेपालमा सम्भव हुँदाहुँदै सरकारी खर्चमा विदेश उपचार गर्न जाने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन् । उनले स्वदेशमै सम्भव भएको उपचारलाई हुँदैन भन्दै विदेश पठाउन सिफारिस गरेको पाइए सिफारिस गर्नेबाट उपचार खर्च भराउने सम्मको व्यवस्था गर्न लागेको बताएका छन् ।

पछिल्लो समय सामान्य रोगको उपचारका लागि पनि भिआईपीहरु राज्यबाट खर्च लिएर विदेश जाने गरेका छन् । नेपाल मेडिकल बोर्डले नेपालमा उपचार नै सम्भव छैन भन्ने सिफारिस पत्र बनाई उनीहरु सरकारी खर्चमा विदेश उपचार गर्न जाने गरेका हुन् ।

विहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले राज्यकोषबाट खर्च लिई सामान्य उपचारका लागि विदेश जाने प्रबृत्तिको अन्त्य गर्ने बताए ।

उनले कतिपय विशिष्ठहरुले विदेश गई गराएको उपचार नेपालमै सम्भव हुने गरेको चर्चा चलेको भन्दै मेडिकल बोर्डका पदाधिकारीहरुलाई सचेत गराए । उनले भने, ‘विदेशका लागि सिफारिस गरेको व्यक्तिको यदि उपचार नेपालमै सम्भव रहेछ र प्रश्न उठ्यो भने त्यसको जिम्मेबारी बोर्डका पदाधिकारीले लिनुपर्ने हुन्छ । यदि गलत सिफारिस गरिएको पाइए विदेश जाँदाको खर्च समेत सिफारिस समितिका पदाधिकारीबाट भराउनुपर्ने समेत हुनसक्छ ।’

उनले आफू स्वास्थ्य क्षेत्र सुधारका लागि आएको भन्दै अनियमितता आफूले पनि नगर्ने र अरुलाई गर्न पनि नदिने प्रतिवद्धता जाहेर गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *