चिकित्सक संघको निर्वाचन आजबाट, मोफसलका १५ स्थानमा मतदान हुँदै

name list dr copy

काठमाडौँ, १७ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व (२०७२ – ०७५) छान्नका लागि आजबाट निर्वाचन सुरु हुँदैछ । उपत्यका भित्र र मोफसलमा गरि दुई चरणमा हुन लागेको निर्वाचनको पहिलो चरणमा आज र भोली उपत्यका बाहिर अर्थात मोफसलमा निर्वाचन हुन लागेको हो ।  उपत्यका भित्र भने आगामी २१ देखी २५ भदौसम्म हुने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरका अनुसार नेपाल चिकित्सक संघको शाखा रहेका मोफसलका १५ स्थानमा आज र भोलीका लागि निर्वाचन तय गरिएको छ । ती स्थानहरुमा झापा, विराटनगर, धरान, जनकपुर, लहान, राजविराज र बीरगञ्ज रहेका छन् । त्यसैगरी चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगडी, र जुम्लामा पनि आज र भोली निर्वाचन हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत डा. रानाले  कुल १३ सिटका लागि दुई वटा प्यानलबाट २६ जना र एक जना स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको बताए । त्यस्तै उनले कुल ५ हजार ३०५ जना मतदातामध्ये उपत्यका बाहिरको मतदातासंख्या १ हजार ५ सयको हाराहारीमा रहेको बताए । उनले निर्वाचन विहान ११ देखी ४ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको भन्दै निर्वाचन सम्पन्न भएपछि मोफसलका सबै मतपेटिका हवाईजहाजमार्फत काठमाडौँ ल्याइ सुरक्षीत राखिने बताए ।

डा. रानाले २५ भदौमा उपत्यकाको निर्वाचन सकिएपछि २६ भदौ विहानैबाट मत गणना गरि सोही दिन बेलुकासम्म नतिजा आउने बताए ।

यसअघिको निर्वाचनमा केही पदमा निर्बिरोध हुने गरेको भन्दै यसपटक भने सबैपदमा निर्वाचन हुन लागेको बताए । उनले यस पटक जुम्लामा समेत शाखा गठन भएको भन्दै मतदानस्थल थपिएको बताए ।

‘चुनावी रौनक यसपटक अलि राम्रै देखिएको छ । दुबै पक्ष आ आफ्नो पक्षमा भोट तान्न लागिराख्नु भएको छ । जो अघिल्लापटक त्यति देख्न पाइदैन थियो,’ नेपालीहेल्थसंग प्रमुख निर्वाचनअधिकृत डा. रानाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *