सोताङमा डिजिटल भिडियो एक्स–रे सेवा

X-ray-Machine

सोलुखुम्बु, १६ भदौ –  गाउँमा नै डिजिटल भिडियो एक्स–रे सेवा पाएपछि सोलुखुम्बुको अत्यन्तै दुर्गम क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ ।

सोताङबाट पहिलोपटक एक्स–रे सेवा पाएपछि सोताङ–४ सोलुखुम्बुकी अनिता राईले निकै सहज भएको बताए। “सधैँ सदरमुकाम जानुपथ्र्यो तर यसपालि मेरो समस्या सोताङमै समाधान भएको छ ।” राईका अनुसार गाउमै सेवा पाएपछि नजिक भएकाले छिटो, सस्तो र सहज भएको छ ।

खोटाङ जिल्लाको एैसेलुखर्कबाट विक्रम विक पनि सेवा लिन प्राथमिक उपचार केन्द्र सोताङमा आएका छन् । उनका अनुसार आफ्नो जिल्लाको सदरमुकाम दिक्तेल पुग्न पूरै एकदिन खर्चनु पर्ने भएकाले सोताङमा सेवा लिन आएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अनुसार सांसद कोषको सहयोगमा जिल्लाको विकट तथा सदरमुकामदेखि टाढाको गाविस सोताङमा पहिलोपटक डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।

त्यस्तै, छातीमा समस्या भएपछि उपचारका लागि सदरमुकाम हिँडेका छेस्कामका दिलबहादुर राईले पनि सोताङमै सेवा लिएको बताए । सोताङबाटै सेवा सुरु भएको रहेछ । नजिक भएको र अब सदरमुकाम धाउनु नपरेकाले सहज भएको बताए।

जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद बल बहादुर केसीको सांसद विकास कोषको रु नौ लाख ५७ हजार र स्थानीयवासीको रु एक लाख १७ हजार लगानीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका सिनियर अहेव श्रीध्वज राईले बताउए ।

उनका अनुसार सोताङमा सेवा सुरु भएपछि जिल्लाको विकट क्षेत्रका छेस्काम, गुदेल, बुङ, सोताङ, पावै, देउसा, वाकु, लोखिम गरी आठ गाविस र छिमेकी जिल्लाका स्थानीयवासीलाई सहज भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *